आज:  २०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024 Search
FLASH NEWS

देवचुलीमा सेन्ट्रल कलेज प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगिता हुँदै

    प्रकाशित २०८१ भाद्र २८, शुक्रबार (६ दिन अघि)


देवचुली । देवचुलीमा सेन्ट्रल कलेज प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । विजयादशमीको अवसरमा देवप्रगति युवा समाजले असोज ९ गतेबाट भीमसेन आदर्श माविको खेलमैदानमा प्रतियोगिता संचालन गर्न लागिएको हो । प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज भरतपुर रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट डिफेन्डरलाई पुरस्कारको व्यवस्था रहेको खेल संयोजक अर्पण सुबेदीले जानकारी दिए । खेलका लागि असोज ८ गतेसम्म टिम दर्ता गर्न सकिने र टिम दर्ताका लागि ३ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने आयोजकले जनाएको छ ।

Write your Comment