आज:  २०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024 Search
FLASH NEWS

डाक्टर, पाइलट, इन्जिनियर बन्नु छ (गीत)

    प्रकाशित २०८१ भाद्र २८, शुक्रबार (६ दिन अघि)


डाक्टर, पाइलट, इन्जिनियर बन्नु छ
शिक्षा लिई अगाडि बढ्‌नु छ
हामी सबै जना शिक्षित बनु है
उच्च शिक्षा लिएर ए मेरा साथी हो
हाम्रो देशको विकास अघि बढाऔं है।।

यो देशको विकास गर्नु छ
हामी सबै अगाडि बढ्‌नु छ
हामी सबै जना शिक्षित बनु है
उच्च शिक्षा लिएर ए मेरा साथी हो
हाम्रो देशको विकास अघि बढाऔं है।।

आगो बिना दियो नी जल्दैन
शिक्षा बिना यो जीवन चल्दैन
हामी सबै जना शिक्षित बनु है
उच्च शिक्षा लिएर ए मेरा साथी हो
हाम्रो देशको विकास अघि बढाओं है।।

शिक्षा नै हो यो देशको ज्योती
नेपाललाई बनाउ है विकसित
हामी सबै जना शिक्षित बनु है
उच्च शिक्षा लिएर ए मेरा साथी हो
हाम्रो देशको विकास अघि बढाऔं है ।।

मनिकला दमाई, कक्षा : ९
श्री धर्मात्मा मा. वि., बौदीकाली – १, नवलपुर

Write your Comment