देवचुली । देवचुलीमा संचालित सेन्ट्रल कलेज नाईन `ए´ साइड अन्डर- २० फुटबल प्रतियोगितामा धौलागिरी प्रकृति युवा क्लब फाइनल प्रवेश गरेको छ । धौलागिरी प्रकृति युवा क्लबको आयोजनामा महाराजा सामुदायिक वनको कार्यालयसँगै रहेको खेलमैदानमा धौलागिरी प्रकृति युवा क्लबका विरुद्ध इवाईसी अभियानबिच सोमबार भएको पहिलो सेमिफाइनल खेलमा धौलागिरी प्रकृति युवा क्लब विजयी भएको हो। खेलमा धौलागिरी प्रकृति युवा क्लबले इवाईसी अभियानलाई ट्राइबेकरमा ५-४ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो। पहिलो खेलमा धौलागिरी प्रकृति युवा क्लबका नारायण तिवारी म्यान अफ दि म्याच भएका छन् ।
२० वर्ष मुनिका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले २० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले १० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक तथा सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिता अन्तरगत मंगलबार भानु युथ क्लबका विरुद्ध न्यु नारायणी युवा क्लबबीच दोस्रो सेमिफाइनल खेल हुने आयोजक क्लबका अध्यक्ष भिम सुबेदीले जानकारी दिए ।