आज:  २०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024 Search
FLASH NEWS

जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

    प्रकाशित २०८१ भाद्र २४, सोमबार (१ महिना अघि)


प्रकाश रेग्मी, चोरमारा । मध्यविन्दु नगरपालिकामा कार्यरत इन्जिनियर माधवप्रसाद देवकोटाद्वारा जन्मदिनको अवसरमा ३० जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नु भएको छ । सोमबार आफुले एस एल सि सम्म अध्ययन गरेको विद्यालय ज्ञानेदय माध्यमिक बिद्यालय मध्यविन्दु १५ का ३० जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नु भएको हो ।


जन्मदिनको फजुल खर्चलाई सेवामा परिवर्तन गर्न र शिक्षा मानिसको ज्योति भएकोले बालबालिकाहरु गुणस्तरीय शिक्षासँग जोड्न आफुले प्रयास गरेको देवकोटाले बताउनुभयो । वितरण कार्यक्रममा विद्यार्थीहरुले जन्मदिनको शुभकामना व्यक्त गर्दै धन्यवाद व्यक्त गरेका थिए ।

जन्मदिनको अवसरमा शिक्षा क्षेत्रसँग जोडिनु भएकोमा विद्यालयका सहायक प्रधानाध्यापक धनबहादुर घर्तीले धन्यवाद दिनु भएको थियो । साथै उहाँले बाल्यकालमा अध्यापन गराएको विद्यार्थीको प्रगति प्रति विद्यालय परिवार पनि खुसी रहेको बताउनु भएको थियो ।कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुको उपस्थितीमा रहेको थियो ।

Write your Comment