कावासोती । कावासोती नगरपालिका वडा नम्बर १२ मा आरन व्यवसायीहरुलाई सामाग्री वितरण गरिएको छ । कावासोती १२ मा भएका ४ जना आरन व्यवसायीहरुलाई आवश्यक सामाग्री वितरण गरिएको हो ।
वडाले परम्परागत सीप प्रवर्द्धनको लागि परम्परागत आरन व्यवसायीहरुका लागि यस आर्थिक वर्षमा विनियोजित रकमबाट सामाग्री वितरण गरिएको कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनालले जानकारी दिनुभयो । वडामा रहेका आरन व्यवसायीहरूलाई वडा कार्यालयबाट भेट गरि उनीहरूलाई आवश्यक सामाग्री वितरण गरिएको उहाँले बताउनुभयो । वडाले प्रदान गरेको सामाग्रीको सही सदुपयोग गरि आर्थिक उपार्जनमा लाग्नका लागि उहाँले आग्रह गर्नुभएको थियो । वडा अध्यक्ष खनालले आरनमा आउने सेवाग्राहीहरुलाई समयमै सेवा दिने वातावरण बनाउनका लागि समेत सुझाव दिनुभएको थियो ।
वडाले आरन व्यवसायलाई प्रवर्द्धन कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्दै व्यवसायलाई निरन्तर संचालन गर्ने आरन व्यवसायी कृष्ण बिकले प्रतिबद्धता व्यक्त गरेका थिए । सामाग्री वितरण कार्यक्रम वडासदस्य, वडा सचिव लगायतको उपस्थिति रहेको थियो ।