देवचुली । देवचुली १४ मा संचालित प्रथम नमुना खुला भलिबल प्रतियोगिताको उपाधि कोरियन टिमले जितेको छ । हरितालिका तिजको अवसरमा प्रगतिकला मन्दिर युवा क्लबको आयोजनामा जन ज्योति नमुना माविको खेल मैदानमा संचालित प्रतियोगितामा कोरियन टिमले देवचुली ७ रामबासलाई जित्दै उपाधि जित्न सफल भएको हो ।
आइतबार भएको फाइनल खेलमा सोझो सेट २-० ले देवचुली ७ लाई हराएको कोरियन टिमले नगद २० हजार रुपैयाँ सहित मेडल, ट्रफी प्रमाणपत्र प्राप्त गरेका छन् भने उप बिजेता देवचुली ७ रामबासले नगद १० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको तृतीय गैंडाकोटले नगद ५ हजार प्राप्त गरेका छन् । प्रतियोगितामा कोरियन टिमका विश्वास चुहान उत्कृष्ट खेलाडी हुँदै पुरस्कृत भएका छन् ।
भदौ १९ गतेबाट संचालन भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । प्रगतिकला मन्दिर युवा क्लबले तीज उत्सव नै गरि फुटबल, भलिबल र तीजगीत प्रतियोगिता संचालन गरेको हो ।