आज:  २०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024 Search
FLASH NEWS

देव प्रगति समाजको अध्यक्षमा पराजुली सर्वसम्मत चयन

    प्रकाशित २०८१ भाद्र ११, मंगलबार (२ महिना अघि)


देवचुली । देवचुलीमा रहेको देव प्रगति समाजको अध्यक्षमा त्रिलोचन पराजुली सर्वसम्मत चयन भएका छन् । मंगलबार भएको समाजको ९ औं साधारणसभा तथा ५ औं अधिवेशनबाट पराजुलीको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरिएको हो ।

जसको उपाध्यक्षमा कमला राना, सचिवमा टुपनारायण डुम्रे, सहसचिवमा दुर्गा नारायण भुसाल, कोषाध्यक्षमा पुष्पकला गौतम, सदस्यहरूमा उमाकान्त भुसाल, माधव अधिकारी, जितबहादुर खत्री र दिपा सुनार सर्वसम्मत चयन भएका छन् । अधिवेशनमा पदमप्रसाद पौडेलको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत चयन गरिएको छ । जसको सदस्यमा कमला रेग्मी र मीना न्यौपाने चयन भएका निर्वाचन समितिका संयोजक समेत रहेका देव प्रगति समाजका संस्थापक अध्यक्ष भुमिलाल लामिछानेले जानकारी दिए ।

देव प्रगति समाजका निवर्तमान अध्यक्ष हीराबहादुर सुबेदीको अध्यक्षता भएको साधारणसभा ९ औं साधारणसभा तथा ५ औं अधिवेशनको उदघाटन सत्रमा देवचुली नगरपालिकाका नगर प्रवक्ता तिलप्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा, देवचुली ७ का वडा सदस्य ओमप्रकाश तिवारी लगायत समाजका सदस्यहरुको उपस्थिति रहेको थियो । देव प्रगति समाजमा देवचुली ७, ९ र ११ का स्थानीय आबद्ध रहेका छन् ।

Write your Comment