देवचुली । ३० औं अन्तर्राष्ट्रिय आदिबासी जनजाती दिवसको अवसरमा देवचुलीमा भोलि (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ ।
नगर उप प्रमुख पार्वता तिवारीद्वारा हस्ताक्षरित सूचनामा शुक्रबार देवचुली नगरपालिका र अन्तर्गतका सबै सरकारी, शैक्षिक संस्था तथा सार्वजनिक संस्थाहरुलाई सार्वजनिक बिदा दिइएको जनाइएको छ ।
आदिबासी जनजाती दिवसकै अवसरमा कावासोती नगरपालिका, मध्यबिन्दु नगरपालिका, बौदीकाली गाउँपालिकाले समेत सार्वजनिक बिदा दिएका छन् ।