देवचुली । देवचुली नगरपालिकामा आइतबार शोक बिदा दिइएको छ । शैक्षिक संस्थाबाहेक नगर कार्यपालिका र मातहतका कार्यालयहरुमा शोक बिदा दिइएको नगर प्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
देवचुली नगरपालिका वडा नम्बर ५ बन्दिपुर आधारभूत स्वास्थ्य केन्द्रमा अनमी चौथो तहमा कार्यरत सरिता घतानेको असामयिक निधनको शोकमा नगरपालिकाले साउन २० गते आइतबार शोक बिदा दिएको हो । घतानेको साउन १६ गते निधन भएको थियो ।
नगर प्रमुख हरिप्रसाद न्यौपानेद्वारा शनिबार जारी सूचनामा घतानेको निधनले नगरपालिका परिवार मर्माहत भएको र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै आइतबार शैक्षिक संस्थाबाहेक नगर कार्यपालिकाको कार्यालय र सो अन्तरगत रहेको कार्यालयहरुमा शोक बिदा गरिएको जनाइएको छ ।