आज:  २०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024 Search
FLASH NEWS

देवचुलीमा आध्यात्मिक शिक्षा सम्बन्धी प्रशिक्षण

    प्रकाशित २०८१ श्रावण १५, मंगलबार (३ महिना अघि)


देवचुली । देवचुली नगरपालिकामा आध्यात्मिक शिक्षा सम्बन्धी प्रशिक्षण दिइएको छ । देवचुली नगरपालिकाको आयोजना तथा जीवन विज्ञान जिल्ला परिषद नवलपुरको समन्वयमा एकदिवसीय आध्यात्मिक शिक्षा एंव उर्जा ध्यान विषयक प्रशिक्षण दिइएको हो ।


विद्यार्थीहरुलाई सही मार्ग निर्देशन गर्न अभिभावकको भूमिका र शिक्षकको जिम्मेवारीको विषयमा आध्यात्मिक शिक्षा सम्बन्धी प्रशिक्षण दिइएको देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो । आध्यामिक शिक्षा मार्फत विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि सरोकारवालाको भूमिका रहने हुँदा सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एलपी भानु शर्माले आध्यामिक शिक्षासंगै समाजमा बढ्दै गएको अपराध, कुरीति तथा आत्महत्या र रोकथामका उपायहरुको विषयमा सहजीकरण गर्नुभएको थियो । उहाँले शैक्षिक सुधारका लागि गर्नुपर्ने कार्यहरुका बारेका समेत सहजीकरण गर्दै आध्यात्मिक शिक्षाले मात्र संसार बदल्न सकिने बताउनुभयो । सहभागीहरुलाई ध्यान समेत सिकाउनुभएका उहाँले स्वास्थ्य रहन सदैव योग र ध्यान आवश्यक पर्ने बताउनुभयो ।


देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एलपी भानु शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरी नगर उप प्रमुख पार्वता तिवारी,गण्डकी प्रदेश सभा सदस्य बिन्दु पहारी, देवचुली नगरपालिका निमित प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, पुर्व प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसाल, नगर स्थित राजनितिक दलका प्रतिनिधिहरु , वडा अध्यक्षहरु , कार्यपालिका सदस्यहरु , नगर सभा सदस्यहरु, नगर भित्रका विद्यालय, संघसंस्थाबाट करिब ७०० जनाको सहभागिता रहेको कार्यक्रमको संयोजन गरेका देवचुली नगरपालिकाका प्रशासकीय अधिकृत एवम् सुचना अधिकारी अविनाश पन्थीले जानकारी दिनुभयो ।

कार्यक्रममा नगर उप प्रमुख पार्वता तिवारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने नगर शिक्षा अधिकृत नन्दलाल ढकालले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

Write your Comment