आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

मानव अधिकार एलाइन्स नवलपुरद्वारा मध्यबिन्दुमा वृक्षारोपण

    प्रकाशित २०८१ अषाढ ३०, शनिबार (३ महिना अघि)


नवलपुर । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मंच ( मानव अधिकार एलाइन्स ) नवलपुरद्वारा मध्यबिन्दु नगरपालिकामा वृक्षारोपण गरिएको छ । मानव अधिकार एलाइन्सको २५ औं स्थापना दिवसको अवसरमा मध्यबिन्दु १५ मा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा वृक्षारोपण गरिएको हो ।

मानव अधिकार एलाइन्स नवलपुरका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कार्यक्रममा मध्यबिन्दु १५ का वडा अध्यक्ष यमबहादुर केसी, कार्यपालिका सदस्य कृष्ण बिक, वडा सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उदघाटन समारोहमा बोल्दै नगर प्रमुख अधिकारीले मध्यबिन्दु नगरपालिकाले वातावरण संरक्षणका काम सुरु गर्दै गरेको बताउनुभयो । गाउँ गाउँबाट फोहोर संकलन गरि त्यसलाई मल बनाएर समुदायलाई नै पुर्‍याउने लक्ष्यसाथ काम भएको उहाँले बताउनुभयो । उहाँले दिगो विकास लक्ष्य प्राप्तिका लागि वातावरण संरक्षण अपरिहार्य रहेको हुँदा यसका लागि वृक्षारोपण गर्नेतर्फ सबैपक्ष लाग्नु पर्नेमा जोड दिनुभयो । हरित विद्यालय निर्माण गरि बालबालिकाको अध्ययनमा सहज बनाउनका लागि सबै विद्यालय लाग्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो । एलाइन्सले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा मध्यबिन्दुमा नै वृक्षारोपण कार्यक्रम तय गरेकोमा नवलपुर शाखालाई उहाँले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

वृक्षारोपण कार्यक्रममा नगर प्रमुख भीमलाल अधिकारीले जामुन र म्याकाडामिया नट्सको बिरुवा लगाएर औपचारिक सुरुवात गर्नु भएको थियो । कार्यक्रम सहभागीहरुद्वारा विद्यालयमा जामुन, म्याकाडामिया नट्स, तेजपत्ता, धुपी, कागती लगायतका बिरुवा लगाइएको हो ।

Write your Comment