आज:  २०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024 Search
FLASH NEWS

सेन्ट्रल कलेज कावासोती शाखाद्वारा देवचुलीमा शैक्षिक परामर्श

    प्रकाशित २०८१ जेष्ठ १९, शनिबार (५ महिना अघि)


देवचुली । सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले देवचुलीमा शैक्षिक परामर्श गरेको छ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुको लागि “१२ पछि के गर्ने” कार्यक्रम देवचुली १३ स्थित सहारा पार्टी प्यालेस दलदलेमा सम्पन्न गरेको हो । उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, अमेरिका, क्यानडा, न्युजिल्यान्ड लगायत युरोपमा उच्च शिक्षा अध्ययन गर्नको लागि आवश्यक परामर्श र मार्गदर्शन गर्नको लागि उक्त कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक एवं सेन्ट्रल कलेजका बिजनेस प्रमोटर शिशिर गैरेले जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख वक्ता, मोटिभेसनल स्पिकर ईश्वर गैरेले सेन्ट्रल कलेजले सामाजिक कार्यमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै वैदेशिक यात्राको लागि सेन्ट्रल कलेज भरपर्दो परामर्शदातृ संस्था रहेको बताउनुभयो। कार्यक्रममा कावासोती इन्चिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्टका प्रबन्ध निर्देशक कृष्ण कंडेलको विशेष उपस्थिति रहेको थियोे । उहाँले वैदेशिक रोजगार वा अध्ययनको लागि जानू पूर्व उचित सीप सिकेर जानू उपयुक्त हुने कुरा व्यक्त गर्दै सीप सिकेर स्वरोजगार हुन समेत उत्प्रेरित गर्नुभयो।

कार्यक्रममा गायक तथा सेन्ट्रल कलेजका बिजनेस प्रमोटर दीप काफ्ले, बिजनेस प्रमोटर घनश्याम सुबेदी, जापानीज भाषा प्रशिक्षक बिमला खत्री, आइएलटिस प्रशिक्षक प्रिन्सी काफ्ले, सेन्ट्रल कलेज चोरमारा सम्पर्क कार्यलयबाट आशा केसीको उपस्थित रहेको थियो । कार्यक्रममा करिब ६० जना विद्यार्थीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमका अध्यक्षता सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रा लि कावासोती शाखा प्रमुख रीता पौडेलले गर्नु भएको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले सेन्ट्रल कलेज नै आफ्नो पहिलो रोजाइ रहेको कुरा समेत बताएका थिए।

Write your Comment