आज:  २०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024 Search
FLASH NEWS

देवचुलीमा ढाका, पर्स र ब्याग बनाउने तालिम सम्पन्न

    प्रकाशित २०८१ जेष्ठ ११, शुक्रबार (६ महिना अघि)


देवचुली । देवचुलीमा ५ दिनसम्म संचालित ढाका,पर्स र ब्याग बनाउने तालिम बिहीबार सम्पन्न भएको छ । देवचुली नगरपालिकाको आयोजनामा महिला कल्याण बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा जेठ ६ गतेबाट तालिम संचालन गरिएको हो । गत वर्ष सुर्के थैली र कम्मर पेटी बनाउने तालिममा सहभागी महिलाहरूको मागको आधारमा ढाका, पर्स र  ब्याग बनाउने तालिम संचालन गरेको र महिलाहरुलाई सीप तथा ज्ञानमा वृद्धि गरि स्वरोजगार बनाउनुका साथै उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि तालिम प्रदान गरिएको देवचुली नगरपालिका सामाजिक विकास शाखा प्रमुख विमला लम्सालले बताउनुभयो । तालिममा देवचुली १ देखि १७ वडाका २५ जना महिलाहरुको सहभागिता रहेको उहाँले बताउनुभयो ।

तालिमको समापनमा सहभागीहरुले नगरपालिकाले आयोजना गरेको सीपमूलक तालिम निकै उपलब्धिमुलक रहेको र प्राप्त गरेको सीपको सही प्रयोग गर्ने बताएका थिए। ५ दिनसम्म संचालित तालिमको कृष्णकुमारी अधिकारी र गिता जिसीले सहजीकरण गर्नुभएको थियो । सहभागीलाई पर्स ब्याग बनाउन सिक्नु मात्र नभइ तालिमले स्वरोजगार बनाउनका सहयोग पुग्ने सहजकर्ता कृष्णकुमारी अधिकारीले बताउनुभयो ।

देवचुली नगरपालिकाका सामाजिक विकास समितिका संयोजक भुमिसरा थापाले तालिममा सिकेका सीपहरुलाई उपयोग गरि स्वरोजगार बन्न सकिने हुँदा व्यावसायिक रुपमा काम गर्न सहभागीहरुलाई आग्रह गर्नुभएको थियो ।

Write your Comment