आज:  २०८२ बैशाख १७, बुधबार | Wed, 30, Apr, 2025 Search
FLASH NEWS

नवलपुरका त्रिदेव पौडेललाई देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार

    प्रकाशित २०८२ बैशाख १७, बुधबार (५ घण्टा अघि)


काठमाडौं । रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले देवचुली नगरपालिका–१५, प्रगतिनगर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गण्डकी प्रदेशमा स्थायी घर भई नागार्जुन–१०, स्यूचाटार, काठमाडौँमा बसोबास भई ज्ञानकुञ्ज माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय बालक त्रिदेव पौडेलले १३ वटा कविता, ९ वटा कथा, १७ वटा निबन्धात्मक लेख, ४ वटा नाटक र विभिन्न ४० वटाभन्दा बढि चेतनामूलक चित्रहरु बनाएका र २०८० फागुन २० गते एकैपटक दुई पुस्तक ‘मेरा बाल सिर्जनाहरू’ र ‘नेपाललाई नेपाल बनाउने चाहना’ पुस्तक प्रकाशन गरेका बालक त्रिदेवलाई देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार २०८१ बाट सम्मानित तथा पुरस्कृत हुने भएका छन् ।

विद्यालयको ज्ञानकुञ्ज बालक्लबका सचिवमा समेत आवद्ध त्रिदेव मानव अधिकारकर्मी तिलोत्तम पौडेल तथा डा. देवकी आचार्यका सुपुत्र हुन् । उनी खेलकुद, अध्ययन अनुसन्धानमा समेत रुचि राख्ने गर्दछन् । प्रतिष्ठानले यसै गरी प्रचलित बालविवाह, महिला हिंसा जस्ता भेदभाव, महिनावारी तथा वातावरण आदिका सम्बन्धमा कक्षा ७ मा अध्ययन वर्ष ११ की सिन्धुपाल्चोक हेलम्बुकी सदीक्षा पण्डितले परम्परागत किताबी शिक्षा र समाज सुधारको क्षेत्रलाई एकै साथ अघि बढाएको भन्दै पुरस्कृत गरिने भएको छ ।

रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले प्रत्येक वर्ष विभिन्न विधामा पुरस्कार र सम्मान गर्दै आईरहेकोमा यस पटक गौरी देवी ओली स्मृति राष्ट्रिय आर्दश आमा पुरस्कार एकल महिलाको क्षेत्रमा ३० वर्षदेखि कार्यरत महिलाका लागि मानव अधिकार एकल महिला समूहले प्राप्त गर्नु भएको छ । त्यसको संस्थापक लिली थापा हाल राष्ट्रिय मानव अधिकार आयोगको सदस्य रहुन भएको छ । यसैगरी अम्बिकादेखि स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार पत्रकारितामा परम्परागत रुपमा रहेको वितृसतात्मक मान्यतालाई चिर्दै जोखिमपूर्ण पत्रकारितामा महिलाको नाम स्थापित गर्न योगदान गरेको भन्दै पत्रकार बिनु सुवेदीलाई प्रदान गरिने भएको छ । प्रत्येक पुरस्कारको रासी १ लाख ११ हजार १११ रहेको छ भने प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति र संस्थाहरुलाई वार्षिक रूपमा सम्मान गर्दै आईरहेको छ । यी सबै पुरस्कार २०८२ बैशाख २० गते प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा नेपाल पर्यटन बोर्डमा एक समारोह बिच पुरस्कार समर्पण तथा सम्मान गर्ने कार्यक्रम रहेको कुरा रुद्ध–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ ।

श्रीप्रसाद ओली स्मृति साहित्य पुरस्कार २०८१ मा भारत दार्जलिङ्का बहुआयामिक ७७ वर्षीय साहित्यकार डा. जस योन्जनलाई ५१ हजार १ सय ११ बाट सम्मानित र पुरस्कृत गर्ने भएको छ । २०६७ सालमा झापामा स्थापित प्रतिष्ठानले हालसम्म विभिन्न सम्मानबाट हिमालय शमशेर ज.ब.रा., डा. सन्दुक रुहित, भैरव रिसाल, मानव सेवा आश्रम, सिविन लगायतका ३० भन्दा बढी व्यक्ति र संस्था सम्मानित भैसकेका छन् ।

Write your Comment