आज:  २०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025 Search
FLASH NEWS

देवचुली ४ मा आमा, छोरी र बुहारी अन्तर सम्वाद सम्पन्न

    प्रकाशित २०८२ बैशाख १४, आईतबार (१९ घण्टा अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ४ मा आमा, छोरी र बुहारी अन्तर सम्वाद कार्यक्रम सम्पन्न भएको छ । वडाले आमाको मुख हेर्ने दिन ( मातातीर्थ औंसी) को अवसरमा लक्षित समुदाय सशक्तीकरण कार्यक्रम अन्तरगत अन्तर सम्वाद कार्यक्रम गरिएको हो ।

देवचुली ४ का वडा सदस्य मोतीमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष गिरबहादुर थापा क्षेत्री (राम) को प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि वडा सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि लगायत महिलाहरुको उपस्थिति रहेको थियो ।

सामाजिक विकासका लागि आमा, दिदीबहिनी र बुहारीहरुको भुमिका जानकारी दिनका लागि र पारिवारिक द्वन्द्वको वातावरण निर्माण हुनबाट जोगाई आपसी एकता कायम गराउनका लागि कार्यक्रम गरिएको देवचुली ४ का वडा अध्यक्ष गिरबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो । विगत वर्षहरु झैं यस वर्ष पनि मातातिर्थ औंसीको अवसरमा देवचुली ४ मा रहेका आमा, छोरी र बुहारीलाई एकै ठाउँमा भेला गरि सामाजिक विकासमा उहाँहरुको भुमिकाको बारेमा सचेत गराउँदै घर, समुदाय र वडामा रुपान्तरण कसरी गर्न सकिन्छ भन्ने ज्ञान दिन समेत कार्यक्रम गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार ज्येष्ठ आमाहरुलाई सम्मान गर्न समेत कार्यक्रम आयोजना गरिएको र उहाँहरुको समुदाय निर्माण गर्नुभएको अनुभवहरु छोरी र बुहारीहरुलाई प्रेरणा हुने बताउनुभयो ।

अन्तरसम्वाद कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा र महिला अधिकारकर्मी कोपिला पौडेलले आमा, छोरी र बुहारीको भुमिका, पारिवारिक र सामाजिक सम्बन्ध कायम कसरी गर्ने, सामाजिक विकासमा योगदान र आपसी सहयोगका बारेमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रम उदघाटन सत्रमा वडा सदस्य गणेश क्षेत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यपालिका सदस्य विद्याबहादुर बिकको कार्यक्रम संचालन गर्नुभएको थियो ।

Write your Comment