आज:  २०८२ बैशाख २, मंगलबार | Tue, 15, Apr, 2025 Search
FLASH NEWS

देवचुलीमा ५९१ औं स्काउट आधारभूत तालिम सम्पन्न

    प्रकाशित २०८१ चैत्र ३१, आईतबार (२ दिन अघि)


देवचुली। देवचुली नगरपालिकामा ५९१ औं स्काउट आधारभूत तालिम ( बिटिसी) सम्पन्न भएको छ । स्थानीय स्काउट देवचुली र विनयी त्रिवेणीको आयोजना साथै देवचुली नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका संयोजनमा चैत २६ गतेबाट पिप्रहर सामुदायिक होमस्टे ग्राममा सुरु गरिएको तालिमको आइतबार समापन गरिएको हो ।

देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीको अध्यक्षतामा भएको तालिम समापन समारोहमा नेपाल स्काउटका प्रमुख आयुक्त तथा राष्ट्रिय प्रशिक्षक देवराज घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका शिक्षा शाखाबाट भुपराज पाण्डे, देवचुली नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

देवचुली र विनयी त्रिवेणीमा प्रशिक्षकलाई तालिम दिएर विद्यालय स्तरमा स्काउट तालिम संचालन गर्न, विद्यार्थीहरुलाई विभिन्न सामाजिक र सामुहिक गतिविधिमा सक्रिय बनाउने र एकजुट समाज निर्माणम सहयोग पुर्‍याउनका लागि तालिमको आयोजना गरिएको हो ।

देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीले स्काउटका कार्यक्रम संचालनका लागि नगरपालिकाले सहयोग गरिरहेको बताउँदै विद्याकय स्तरका कार्यक्रमबाट नयाँ पुस्तामा अनुशासन, नेतृत्व, आत्मनिर्भरता, समाजसेवा र सहयोगको भावना विकास गर्न मदत पुग्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल स्काउट देवचुलीका संयोजक मनवीर थापाले स्काउटका माध्यमबाट विद्यालयका शिक्षक लगायत विद्यार्थीको सक्रियतालाई बढावा दिन र यस प्रकारको तालिममा सहयोग प्रदान गरेकोमा दुवै पालिकालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

विनयी त्रिवेणीबाट १० जना र देवचुली नगरपालिकाबाट २२ जना गरि ३२ जनालाई ६ दिनसम्म स्काउटका विविध विषयमा आवासीय तालिम प्रदान गरिएको हो ।

Write your Comment