देवचुली । प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा डिल्लीराम कडरिया निर्वाचित भएका छन् । संस्थाको नयाँ कार्यसमिति र लेखा समिति चयनका लागि शनिबार भएको निर्वाचनबाट कडरियाले निकटतम प्रतिष्पर्धी दुर्गादेवी विष्टलाई ५१ मतले हराउँदै विजयी भएका हुन् ।
कुल ४८२८ मतदाता रहेको संस्थाको निर्वाचनमा ३४८३ मत खसेको थियो । अध्यक्षमा निर्वाचित कडरियाले ११५७ मत ल्याउँदा प्रतिष्पर्धी दुर्गादेवी विष्टले ११०६ मत , सुदीप न्यौपानेले ६९७ मत र इन्द्रमणी भुसालले ३६१ मत ल्याएका हुन् । त्यसै गरि सचिवमा विष्णुप्रसाद न्यौपानेले १२७१ मत ल्याई विजयी हुँदा ढुण्डीराज काफ्लेले १११८ मत, रुद्रबहादुर मोक्तानले ६८५ मत र रेशमराज दवाडीले १९० मत ल्याएका छन् । त्यसै गरि लेखा संयोजकमा जीवन श्रेष्ठ निर्वाचित भएका छन् । १२०३ मत ल्याई विजय भएका श्रेष्ठको प्रतिष्पर्धी बाला कृष्ण काफ्लेले १२०० मत, डिल्लीराज पौडेलले ६७७ मत र होमबहादुर बिकले १६५ मत ल्याएका छन् । त्यसै गरि लेखा सदस्य महिलामा कमला भट्टराई शर्मा ११९७ मत ल्याई विजयी हुँदा हीराकुमारी भुर्तेलले ११२२ मत, विन्दु दाहाल कोइरालाले ७२० मत र टेकमाया थापाले १७८ मत ल्याएका हुन् । त्यसै गरि लेखा सदस्य खुल्लामा शिवलाल पराजुलीले ११२४ मत ल्याई विजयी हुँदा नारायणप्रसाद शर्माले १११३ मत, होमनाथ अर्यालले ७५१ मत र कुन्तादेवी नेपालीले १७२ मत ल्याएका हुन ।
त्यसै गरि ब्लक १ सदस्यमा कृष्णबहादुर थापा, ब्लक २ सदस्यमा राधिका लम्साल, ब्लक ३ सदस्यमा नवराज तिवारी, ब्लक ४ सदस्यमा मोतिलाल अधिकारी, ब्लक ५ सदस्यमा रिखीमाया सिंजाली, ब्लक ६ सदस्यमा टीकाबहादुर आले, ब्लक ७ सदस्यमा इन्द्रमणी गौतम, ब्लक ८ सदस्यमा विमला अधिकारी र ब्लक ९ सदस्यमा बुद्धिबहादुर लुँगेली निर्वाचित भएका छन् । डिल्लीराम कडरियाको प्यानलबाट अध्यक्ष सहित लेखा सदस्य महिला, ब्लक १, ब्लक ६ र ब्लक ९ सदस्य निर्वाचित भएका हुन् भने दुर्गादेवी विष्ट प्यानलबाट सचिव, लेखा संयोजक, लेखा सदस्य खुल्ला, ब्लक ४, ब्लक ५, ब्लक ७ र ब्लक ८ सदस्य निर्वाचित भएका हुन । त्यसै गरि ब्लक २ र ब्लक ३ का सदस्य सुदिप न्यौपाने प्यानलबाट निर्वाचित भएका हुन् ।