देवचुली । प्रगतिनगर खानेपानीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ । संस्थाको १४ पदका लागि ५२ जना उम्मेदवारहरु प्रतिष्पर्धामा रहेका छन् । शनिबार बिहान ८ बजेदेखि जन ज्योति नमूना माविमा सुरु भएको निर्वाचन दिउँसो ५:३० बजेसम्म संचालन भएको थियो ।
४८२८ जना मतदाता रहेको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनमा ३४८३ मत खसेको छ । जुन कुल मतदाताको ७२.१४ प्रतिशत मत हो । मतदान सम्पन्न पश्चात आचारसंहिता लगायत दलीय सहमति गरि केही समयपछी मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।
संस्थाको अध्यक्षका लागि दुर्गा देवी विष्ट, डिल्लीराम कडरिया, सुदिप न्यौपाने र इन्द्रमणी भुसाल प्रतिष्पर्धामा रहेका छन् । संस्थाको सचिव पदका लागि विष्णुप्रसाद न्यौपाने, ढुण्डीराज काफ्ले, रुद्र बहादुर मोक्तान र रेशमराज दवाडी उम्मेदवार रहेका छन् । त्यसै गरि ब्लक १ कार्यसमिति सदस्यका लागि चिरञ्जीवी पाण्डे, कृष्ण बहादुर थापा, विष्णुप्रसाद आचार्य र सविना श्रेष्ठ कार्की, ब्लक २ कार्यसमिति सदस्यका लागि लक्ष्मी कुमाल, पदुमा थापा मगर, राधिका लम्साल र तारा सुनार, ब्लक ३ कार्यसमिति सदस्यका लागि तारादेवी सापकोटा, सुमित्रा आले, नवराज तिवारी र नैना रानाभाट, ब्लक ४ कार्यसमिति सदस्यका लागि मोतिलाल अधिकारी, रविचन्द्र गिरी र भीमलाल पाण्डे , ब्लक ५ कार्यसमिति सदस्यका लागि रिखीमाया सिंजाली, राधिका कुमाल र जानुका देवी सापकोटा सुबेदी, ब्लक ६ कार्यसमिति सदस्यका लागि भुवाराज पाठक, टिकाबहादुर आले र विष्णुकुमारी भट्टराई , ब्लक ७ कार्यसमिति सदस्यका लागि इन्द्रमणी गौतम, शान्तिमाया सापकोटा, ईश्वरीप्रसाद सिग्देल र तारापती काफ्ले, ब्लक ८ कार्यसमिति सदस्यका लागि विमला अधिकारी, समुन्द्री सिजापति मगर र सुनिता सापकोटा, ब्लक ९ कार्यसमिति सदस्यका लागि बालकृष्ण बराल मगर, बुद्धि बहादुर लुंगेली, सुनिता पाध्य र देवीमाया राना उम्मेदवार रहेका छन् ।
संस्थाको लेखा समितिको संयोजकमा जीवन श्रेष्ठ, वाला कृष्ण काफ्ले, डिल्लीराज पौडेल र होमबहादुर बिक उम्मेदवार रहेका छन् । लेखा समिति महिला सदस्यमा हीराकुमारी भुर्तेल, कमला भट्टराई शर्मा, विन्दु दाहाल कोइराला र टेकमाया थापा साथै लेखा खुला सदस्यमा शिवलाल पराजुली, नारायण प्रसाद शर्मा, होमनाथ अर्याल र कुन्तादेवी नेपालीले उम्मेदवार रहेका छन् । संस्थाको निर्वाचनबाट अध्यक्ष, सचिव र प्रत्येक ब्लकबाट १/१ जना सदस्य चयन हुने र लेखा समितिको संयोजक सहित २ जना सदस्य चयन हुने निर्वाचन समितिका संयोजक जीवलाल श्रेष्ठले जानकारी दिनुभयो ।