आज:  २०८१ चैत्र ३१, आईतबार | Sun, 13, Apr, 2025 Search
FLASH NEWS

खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि विशालटारलाई

    प्रकाशित २०८१ चैत्र ३०, शनिबार (१ दिन अघि)


कावासोती । कावासोती १ हात्तीखोरमा संचालित खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी विशालटारले जितेको छ । चैते दशैंको अवसरमा नव विहानी युवा क्लबद्वारा चैत २२ गतेबाट महाराजा आधारभूत विद्यालय प्राङ्गणमा संचालन भएको प्रतियोगिता अन्तरगत शुक्रबार भएको फाइनल खेलमा जिएम समाजलाई हराउँदै विशालटारले उपाधि जित्न सफल भएको हो ।

विशालटारले जिएम समाजलाई २-१ को सेटले हराएको हो । बेष्ट अफ थ्रीको आधारमा भएको खेलमा विशालटारले २५-२२, २१-२५ र २५-२३ ल्याउँदै पहिलो र तेस्रो सेट जित्दै उपाधि रक्षा गरेको हो । प्रतियोगितामा प्रथम हुने विशालटारले नगद ७० हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ भने उप बिजेता हुने जिएम समाजले नगद ४० हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेकोछ । त्यसै गरि तृतीय हुने खोङ्गखोङ्गले नगद २० हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ भने सान्त्वना स्थान हासिल गर्ने मुढाबासले नगद ७ हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ ।

प्रतियोगिता पुरुष तर्फ १७ टिमको सहभागिता रहेको थियो । ५ वटा टिम सहभागी भएको महिला भलिबल प्रतियोगितामा विशालटार बिजेता र देवचुली-८ मुढाबास उपबिजेता भएको छ । बिजेता/ उपबिजेतालाई प्रतियोगिता समापनका अवसरमा पुरस्कृत गरिएको क्लबका अध्यक्ष दिनेश ठाडाले बताए ।

Write your Comment