देवचुली । देवचुली १४ क्रिस होटल अगाडी भएको सवारी दुर्घटनामा तीन जना घाईते भएका छन् । आज बिहान सवा ९ बजेतिर क्रिस होटल अगाडी पूर्व-पश्चिम राजमार्गमा भैरहवाबाट नारायणगढ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ख ३५३४ नम्बरको ट्रकलाई सोही दिशा तर्फ जाँदै गरेको लु २ ख ६४३३ नम्बरको बसले ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आउँदै गरेको ग.प्र.०४-००१ प २२८२ नम्बरको मोटरसाइकल बसमा ठोक्किन गई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट मोटरसाइकलमा सवार रहेका देवचुली १ निवासी वर्ष २९ का विशाल अर्जेल, देवचुली १ निवासी वर्ष ३२ की करिश्मा तिवारी र बसका सहचालक पाल्पा घर भएका वर्ष ३२ का रमेश रानाभाट घाइते भएका हुन् । घाइतेमध्ये अर्जेल र तिवारीको अवस्था मध्यम रहेको र बस सहचालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुलाई उपचारका लागि भरतपुर पठाइएको र तीनवटै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।