आज:  २०८१ चैत्र ३१, आईतबार | Sun, 13, Apr, 2025 Search
FLASH NEWS

खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता : जि एम समाज र विशालटार फाइनल प्रवेश

    प्रकाशित २०८१ चैत्र २८, बिहिबार (२ दिन अघि)


कावासोती । कावासोती १ हात्तीखोरमा जारी खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता अन्तरगत बिहीबार भएको खेलबाट जिएम समाज र विशालटार फाइनल प्रवेश गरेका छन् । चैते दशैंको अवसरमा नव विहानी युवा क्लबद्वारा चैत २२ गतेबाट महाराजा आधारभूत विद्यालय प्राङ्गणमा संचालन भएको प्रतियोगितामा जिएम समाजले खोङ्ग खोङ्गलाई र विशालटारले मुढाबासलाई हराउँदै फाइनल प्रवेश गरेका हुन् ।

त्यसै गरि खोङ्ग खोङ्ग र मुढाबासबीच भएको तृतीय स्थानका लागि भएको खेलमा खोङ्ग खोङ्ग विजयी भएको हो । पुरुष तर्फ १७ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल शुक्रबार हुने आयोजक क्लबका अध्यक्ष दिनेश ठाडाले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ७० हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद ४० हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ । त्यसै गरि तृतीय हुने टिमले नगद २० हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने सान्त्वना स्थान हासिल गर्ने टिमले नगद ७ हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ। प्रतियोगितामा उत्कृष्ट खेलाडीका लागि समेत पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

५ वटा टिम सहभागी भएको महिला भलिबल प्रतियोगितामा विशालटार बिजेता भएको छ भने देवचुली-८ मुढाबास उपबिजेता भएको छ । बिजेता/ उपबिजेतालाई प्रतियोगिता समापनका अवसरमा पुरस्कृत गरिने अध्यक्ष ठाडाले बताए ।

Write your Comment