आज:  २०८१ चैत्र २५, सोमबार | Mon, 07, Apr, 2025 Search
FLASH NEWS

गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्ने आचार्य चार दिनदेखि फरार

    प्रकाशित २०८१ चैत्र २५, सोमबार (५ घण्टा अघि)


कावासोती । विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरी माथि आक्रमण गर्ने सन्दिप आचार्य चार दिन फरार छन् । उनलाई प्रहरीले खोजि राखेको बताएपनि हालसम्म उनि पक्राउ भएका छैनन् ।

आचार्यले शुक्रबार गाउँपालिकाको कार्यालय परिषरमा गाउँपालिका अध्यक्ष गिरी माथि आक्रमण गरेका थिए । घटना लगत्तै फरार रहेका आचार्यको खोजि कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) यादव ढकालले बताए । आचार्यको खोजि कार्यका लागि प्रहरी परिचालन देखि उनको अन्तिम लोकेसन पत्ता लगाउने काम भई रहेको उनले बताए ।

गाउँपालिका अध्यक्ष माथि आक्रमण गर्ने व्यक्ति हालसम्म पक्राउ नहुदाँ कार्यालयमा कार्य गर्न समेत असहज परिस्थिति जनप्रतिनिधिहरुले महसुस गरिरहेको गाउँपालिकाका प्रवक्ता नुरेन्द्र शाहले बताए । गाउँपालिका अध्यक्ष माथि आक्रमण गर्ने व्यक्तिलाई तत्काल कानुनि कारवाहीको दायरामा ल्याउदै सहज वातावरणमा कार्यसम्पादन गर्ने अवस्था सृजना गर्न समेत उनले राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकायलाई अनुरोध गरेका छन् ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघको गाउँपालिका कमिटी अध्यक्ष समेत रहेका आचार्यलाई एमालेले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाहीका लागि गाउँपालिका कमिटीले जिल्ला कमिटीलाई सिफारिस गरेको छ । आचार्यलाई गाउँ कमिटीबाट प्राप्त सिफारिसको आधारमा कारवाहीको प्रक्रिया अघि बढेको एमाले जिल्ला कमिटी अध्यक्ष जीवन श्रेष्ठले बताए ।

Write your Comment