आज:  २०८१ चैत्र २५, सोमबार | Mon, 07, Apr, 2025 Search
FLASH NEWS

देवचुली नगरपालिकाको आधारभूत तह उत्तीर्ण परीक्षाको नतिजा सार्वजनिक

    प्रकाशित २०८१ चैत्र २५, सोमबार (४ घण्टा अघि)


देवचुली । देवचुली नगरपालिकाको नगरस्तरीय आधारभूत तह उत्तीर्ण परीक्षाको नतिजा सार्वजनिक भएको छ। सोमबार देवचुली नगरपालिकाले कक्षा ८ को नतिजा सार्वजनिक गरेको हो ।

नगरपालिकाले सार्वजनिक गरेको नतिजामा २७ जना विद्यार्थीले ४ जि.पि.ए, २५५ जना विद्यार्थीले ३.६-३.९९ जि.पि.ए, ४२२ जना विद्यार्थीले ३.२-३.५९ जि.पि.ए, १८५ जना विद्यार्थीले २.८-३.१९ जि.पि.ए, ७ जना विद्यार्थीले २.६६-२.७९ जि.पि.ए प्राप्त गरेको देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार ४ जि.पि.ए ल्याउने विद्यार्थीमध्ये २३ जना सामुदायिक विद्यालयका र ४ जना संस्थागत विद्यालयका विद्यार्थी हुन् । सामुदायिक विद्यालयबाट नेपाल माध्यमिक विद्यालयका ७ जना, भीमसेन आदर्श माध्यमिक विद्यालयका ६ जना, जन ज्योति माध्यमिक विद्यालयका २ जना , जन ज्योति नमुना माध्यमिक विद्यालयका २ जना, सकलादेवी माध्यमिक विद्यालयका २ जना, देवचुली माविका २ जना र वरचुली माविका २ जना विद्यार्थीले ४ जि.पि.ए प्राप्त गरेका छन् भने संस्थागत विद्यालयबाट विश्व ज्योति बोर्डिङ स्कुलका २ जना, मुनलाइट बोर्डिङ स्कुलका १ जना र कुमारवर्ती बोर्डिङ स्कुलका १ जना विद्यार्थीले ४ जि.पि.ए प्राप्त गरेका छन् ।

देवचुली नगरपालिकामा रहेका २३ विद्यालयका ११८९ जना विद्यार्थीहरु आधारभूत तह उत्तीर्ण परीक्षामा सहभागी थिए । चैत्र ८ गतेदेखि १५ गतेसम्म परीक्षा संचालन भएको थियो । नगरपालिकाले परीक्षा संचालन पश्चात हरेक दिन देवचुली १४ मा रहेको जन ज्योति नमूना माध्यमिक विद्यालयमा उत्तरपुस्तिका संकलन,उत्तरपुस्तिका कोडिङ,उत्तरपुस्तिका परीक्षण,सम्परीक्षण,प्राप्तांक टेबुलेसन गरि तोकिएको समयमा नै नतिजा सार्वजनिक गर्न सफल भएको नगरपालिकाले जनाएको छ । कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षामा तोकिएको मापदण्ड अनुसारको नतिजा प्राप्त गर्न नसक्ने विद्यार्थीहरुलाई विद्यालय मार्फत ग्रेड वृद्धि परीक्षामा सहभागी गराइने नगरपालिकाले जनाएको छ ।

Write your Comment