आज:  २०८१ चैत्र २५, सोमबार | Mon, 07, Apr, 2025 Search
FLASH NEWS

गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्नेलाई कारवाही गर्न कर्मचारीहरुको माग

    प्रकाशित २०८१ चैत्र २५, सोमबार (४ घण्टा अघि)


नवलपुर । विनयी त्रिवेणी गाउँपालिकामा कार्यरत कर्मचारीहरुले गाउँपालिका अध्यक्ष घनश्याम गिरी माथि आक्रमण गर्ने सन्दिप आचार्यलाई तत्काल कारवाही गर्न माग गरेका छन् । चारदिन देखि फरार रहेका आचार्यलाई कारवाहीको माग गर्दै नेपाल निजामती कर्मचारी युनियन विनयी त्रिवेणी गाउँपालिका र नेपाल निजामती कर्मचारी संगठन विनयी त्रिवेणी गाउँपालिकाले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका हुन् ।

गाउँपालिका अध्यक्ष घनश्याम गिरी माथि गत शुक्रबार कार्यालय परिषरमा सन्दिप आर्चायले आक्रमण गरेका थिए । अपराधिक मानसिकताका साथ गाउँपालिका अध्यक्ष गिरी माथि भएको घटनाले पालिका भित्रका जनप्रतिनिधि र कर्मचारीहरुको मनोबलमा समेत खलल पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्ति मार्फत दुवै संगठनले शुक्रबारको घटनाले समाजमा विकृत्त तथा उच्छृङ्खल प्रवित्तिलाई बढवा दिने तथा गाउँपालिकाको सार्वजनिक सेवा प्रवाहमा समेत गम्भीर असर पुर्‍याउने भएकाले उक्त घटनामा संलग्न व्यक्तिलाई कानून बमोजिम कडा भन्दा कडा कारवाहीका लागि सम्बन्धी निकायसँग माग समेत गरेका छन् ।

Write your Comment