आज:  २०८१ चैत्र ४, सोमबार | Mon, 17, Mar, 2025 Search
FLASH NEWS

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ देवचुली नगर कमिटीको अध्यक्षमा भुसाल चयन

    प्रकाशित २०८१ चैत्र ४, सोमबार (४ घण्टा अघि)


देवचुली । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ देवचुली नगर कमिटीको अध्यक्षमा देवीलाल भुसाल निर्वाचित भएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ देवचुली नगर कमिटी शनिबार भएको दोस्रो नगर अधिवेशनबाट भुसालको अध्यक्षतामा १२ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको हो ।

जसको महिला उपाध्यक्षमा रेनुका काफ्ले, उपाध्यक्षमा बालकृष्ण भुसाल, सचिवमा गोविन्द पौडेल, कोषाध्यक्षमा यमकला भुसाल, सदस्यहरुमा अमृत राना, सीता पौडेल, लक्ष्मी पाण्डे, माधव शर्मा, सलिना बिक, कमल पराजुली र सिर्जना घिमिरे सर्वसम्मत निर्वाचित भएका हुन् ।

शनिबार नेकपा एमाले देवचुलीको पार्टी कार्यालय दलदलेमा देवीलाल भुसालको अध्यक्षतामा भएको दोस्रो नगर अधिवेशनमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रिय सचिवालय सदस्य तथा अतिरिक्त विभाग प्रमुख जायश्वर भुसालको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि नेकपा एमाले गण्डकी प्रदेशका सचिवालय सदस्य तिलप्रसाद काफ्ले प्रमुख वक्ता रहेको अधिवेशनमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रिय सदस्य पारेश्वर भुर्तेल, नेकपा एमाले देवचुलीका अध्यक्ष भीमलाल तिवारी लगायतको स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

Write your Comment