आज:  २०८१ चैत्र २, आईतबार | Sun, 16, Mar, 2025 Search
FLASH NEWS

पेट्रोलियम पदार्थको मूल्य घट्यो

    प्रकाशित २०८१ चैत्र २, आईतबार (१७ घण्टा अघि)


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको निगमले जनाएको छ।

नयाँ मूल्य सूचीअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ पर्नेछ। यी स्थानमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५१ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ।

Write your Comment