आज:  २०८१ फागुन २९, बिहिबार | Thu, 13, Mar, 2025 Search
FLASH NEWS

स्ववियू चुनाव : सगरमाथा इन्जिनियरिङ्गमा अनेरास्ववियुको तर्फबाट विशेष गौतमको उम्मेदवारी

    प्रकाशित २०८१ फागुन २८, बुधबार (१ दिन अघि)


काठमाडौं । आउँदो चैत्र ५ गते हुने स्ववियू चुनावको चहलपहल बढेको छ । काठमाडौं स्थित सगरमाथा इन्जिनियरिङ्ग कलेजमा पनि अहिले चुनावको सरगर्मी बढेको छ । चुनावका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु)का तर्फबाट विशेष गौतमले उम्मेदवारी दिएका छन । उम्मेदवारी दिएसंगै गौतम चुनावी अभियानमा दौडधुप बढेको बताएका छन । सगरमाथा इन्जिनियरिङ्ग कलेजमा अनेरास्ववियुबाट गौतम उम्मेदवार हुन ।

गौतम अहिले चुनावका लागि विद्यार्थीहरुसंग भेटघाट तथा विद्यार्थी हकहितका लागि नियमित सम्पर्कमा रहेका छन । विद्यार्थी संगठन थप मजबुत बनाउन र विद्यार्थीका समस्या समाधानमा लाग्नका लागि चुनावमा उत्रिएको र विजय पश्चात विद्यार्थीको आवाज बुलन्द पार्न तर्फ अघि बढ्ने बताए ।

Write your Comment