आज:  २०८१ फागुन २७, मंगलबार | Tue, 11, Mar, 2025 Search
FLASH NEWS

मध्यविन्दु नगरपालिकाका नगर प्रमुखलाई युवा अभियन्ताको खुल्ला पत्र

    प्रकाशित २०८१ फागुन २४, शनिबार (३ दिन अघि)


आदरणीय नगर प्रमुख भिमलाल अधिकारीज्यु
मध्यबिन्दु नगरपालिकाको कार्यालय
चोरमारा, नवलपुर ।

सर्वप्रथम त कृषि र रैथाने खानाको प्रवर्द्धनको लागि गरेको महत्त्वपूर्ण कार्यक्रम सफलताका साथ सम्पन्न गर्नुभएकोमा धेरै धेरै धन्यवाद र बधाई तथा अर्को पटकको लागि अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छु ।देशमा गणतन्त्र स्थापना पश्चात निर्माण गरिएका स्थानीय सरकारले , सारा मानिसले सरकार झै काम गरेनन है भन्ने समयमा यहाँको अग्रसरतामा गरिएको अरु कार्यक्रम झै यो कार्यक्रमले पक्कै नै सरकारको महसुस गराउदै नयाँ जोश र जागर र सोच सवैमा ल्याउन सफल भएको नै होला भन्ने लागेको छ ।


यो महोत्सवको सुरुवाती चरणबाट नै छलफल र योजना निर्माणको बेलाबाट सरिक भएकोले राम्रा कुराको जश लिने र सुधार गर्न सकिने पाटोलाई हार्दिकताका साथ लिने प्रतिबद्धता पनि जाहेर गर्द्छु ।
हरेक कामको निश्चित उदेश्य रहने र योजना निर्माण पछी यसको महत्त्वपूर्ण पाटो त्यो योजना अनुसारको कार्यान्वयन रहेको हुन्छ । जुन छोटो समयमा नै निकै बाधा व्यवधानका बिच सफल गराउनुले यहाँको नेतृत्व र यहाँको समुह परिचालन सिपको मुक्त कण्ठले प्रसंशा गर्न पनि चाहन्छु ।

स्थानीय तहलाई सन्चालन गर्न निर्माण गरिएको निती र नियमले समेत आफ्नो लागि आफै काम गर्न सक्ने अनुमती र स्रोतको लागि छुट गरेकोले यहाँको नेतृत्वले गरेको अरु काम झै यसले पक्कै नै आज स्थानीय सरकारले सरकार झै अभ्यास गर्यो भन्नेमा हामी गर्व गर्न समेत सक्ने भयका छौँ ।


यो ३ दिनको कार्यक्रमको मुख्य लक्षित समुह अरुले अरु देखे पनि मेरो दृस्टीले बालबालिका नै मानेको थियो र त्यहाँ आयका मध्य ७०% सहभागी बालबालिका हुनुले पनि यो सार्थक भएको छ । रैथाने खानालाई बालबालिका लक्षित गराउदा बालबालिका स्वयमले अभिभावक र शिक्षकहरु सहित खाना पकाउदै गरेको दृश्य, स्वयम बालबालिकाले खाना बेच्दै गरेको र पैसाको हिसाब समेत स्वयम बालबालिकाले नै गरेको देख्दा र त्यो खानाको सवैभन्दा बढी किनमेल बालबालिकाले गरेको देख्दा आँखा बाट हर्षका आँसु नै खसेको कुरा आदरणीय नगर प्रमुखलाई भन्न चाहन्छु ।

अहिले सवैले बालबालिकालाई समस्याको रूपमा देखेको बेलामा स्थानीय सरकारले बालबालिकाको समग्र विकासको योजना निर्माण गरि स्वयम् विद्यालय र अभिभावकले यो काम गरी समापन गर्दा त समस्या हामी सरोकारवाला र अभिभावकमा पो रहेछ, जहाँ हामी बालबालिकाका इच्छा, रुचि र जागर चिन्न नसकेको पनि महसुस सवैले गर्नुभयो होला नि ?


बालबालिकालाई रैथाने खानेकुरा चिन्न र आफ्नो मेहनत सिकाउन यस्ता क्रियाकलाप प्रत्येक बिधालय र समुदाय स्तरमा हरेक महिना गर्न सकियो भने कृषिको महत्त्व, खाने बस्तुको महत्त्व र आफ्नो स्वास्थ्य प्रती चासो बढ्नुले समेत भोलिको सक्षम जनशक्ति निर्माणमा यसले सहयोग पक्कै नै गर्नेछ ।

स्वस्थ र सक्षम जनशक्ति निर्माणमा राज्यले ठूलो लगानी गर्न अहिलेको समयमा आवश्यक देखीयको बेलामा यस्ता रचनात्मक कार्यले खेल्ने भुमिका आजको भोलि नतिजा खोज्नेले, आजको भोलि परिवर्तनको हिसाब तौलिनेले कहाँ आज नै पो बुझ्छन र नगर प्रमुख ज्यू ?


कृषि पेशाको लागि आवश्यक पर्ने मेसिनरी औजारहरु र कृषि पेशा गर्नेलाई गर्नुपर्ने सम्मानको बहसले साच्चिकै परिवर्तनको दिशामा हामी जान लागेको देखिन्न र नगर प्रमुख ज्यू ?

म अलि पहिला दक्षिण कोरियामा अध्ययनको क्रममा जादा समेत त्यहाँको महत्त्वपूर्ण राज्यको आम्दानी तरकारी र अन्य खाधान्न हो भन्दा नेपाल सम्झेको थिए । त्यहाँ बसुन्जेल र घुमुन्जेल जति पनि खाली ठाँउ भनेको सडक बाहेक अन्यत्र केही थिएन । हरेक जग्गामा केही न केही तरकारी र उब्जनी लगायको देख्दा हाम्रो यहाँ ६ महिनासम्म १ उब्जनी पश्चात अरु केही नलागाई खाली राखेको देख्दा हामी यसै कम बिकशीत भएको हैन जस्तो लागेको थियो ।
त्यहाँ राज्यले कृषिलाई ब्यावसायिकरण गरि राज्यले नै हरेक कुराको निती निर्माण गरि खरिद र बिक्रीको ग्यारेन्टी गरेको देख्दा हाम्रोमा यो अभ्यास गर्न किन नसकियको होला नगर प्रमुख ज्यू ?


अब कृषिलाई गुजाराबाट पैसा कमाउने पेशा गराउन अलि आक्रामक योजना निर्माण गरि सरकारले नै ग्यारेन्टी दिन सकिने बाताबरण सृजना गर्न यहाँलाई अझै यो कार्यक्रमले हौसला र प्रेरणा मिलेको होला भन्ने आशा गरेको छु ।

बालबालिकाहरु भोलिको लागि महत्त्वपूर्ण जनशक्ति हुन र राज्यको महत्त्वपूर्ण लगानी यो समुहमा गर्नु आजको आवश्यकता हो । तर आज पनि बालबालिकाले हरेक कुरामा विभेद, शोषण र असमानता भोग्ने परिपाटीको अन्तको लागि पनि यहाँको कार्यकालले स्वर्णिम यात्रा तय गरोस् । कोहि पनि बालबालिका शिक्षाबाट बन्चित नहुन, हरेकले स्वस्थ र पौस्टिक युक्त खानेकुरा खान पाउन ग्यारेन्टीको लागि पनि यहाँको यो कार्यपालिका अझै लाग्नेछ भन्नेछ हामीले आशावादी गरेका छौँ नगर प्रमुख ज्यू।


अन्तमा यो रचनात्मक कार्यको निरन्तरताको लागि र अब आउने बर्ष यसको ब्यापकताको लागि अझै प्रभावकारी योजना निर्माण गर्नुहुन समेत अनुरोध गर्दै यो पत्र यहि अन्त गर्न चाहन्छु ।

 

दिपक शर्मा

युवा अभियन्ता

Write your Comment