आज:  २०८१ फागुन २७, मंगलबार | Tue, 11, Mar, 2025 Search
FLASH NEWS

चौथो देवचुली मेयर कप फुटबल प्रतियोगिता : गैंडाकोट फुटबल क्लब फाइनल प्रवेश

    प्रकाशित २०८१ फागुन २२, बिहिबार (५ दिन अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित चौथो देवचुली मेयर कप फुटबल प्रतियोगितामा बिहीबार भएको खेलमा गैंडाकोट फुटबल क्लब विजयी भएको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली माविको खेलमैदान देवचुली १७ मा बिहीबार गैंडाकोट फुटबल क्लबका विरुद्ध प्रगतिकला मन्दिर युवा क्लबबीच भएको खेलमा गैंडाकोट फुटबल क्लब विजयी हुँदै फाइनल प्रवेश गरेको हो ।

गैंडाकोट फुटबल क्लबले प्रगतिकला मन्दिर युवा क्लबलाई २-१ गोल अन्तरले हराएको हो । बिहीबार भएको खेलमा गैंडाकोट फुटबल क्लबका सजिन मगर म्यान अफ दि म्याच भएका थिए । प्रतियोगिता अन्तरगत शनिबार गैंडाकोट फुटबल क्लबका विरुद्ध अभिषेक चर्च रजहरबीच फाइनल खेल हुने आयोजकले जनाएको छ ।

नवलपुर, चितवन र पश्चिम नवलपरासीका १५ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले ८१ हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि सेमिफाइनल पुग्ने दुई टिमले २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको फारम खेलकुद विकास समितिका अध्यक्ष प्रकाश हमालले जानकारी दिए ।

Write your Comment