देवचुली । देवचुली नगरपालिकामा संचालित चौथो देवचुली मेयर कप फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा गैंडाकोट फुटबल क्लब विजयी भएको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली माविको खेलमैदान देवचुली १७ मा मंगलबार गैंडाकोट फुटबल क्लबका विरुद्ध देवचुली १ खेलकुद विकास समितिबीच भएको खेलमा गैंडाकोट फुटबल क्लब विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको हो ।
गैंडाकोट फुटबल क्लबले देवचुली १ खेलकुद विकास समितिलाई ३-१ गोल अन्तरले हराएको हो । मंगलबार भएको खेलमा गैंडाकोट फुटबल क्लबका विवश नेपाली म्यान अफ दि म्याच भएका थिए । प्रतियोगिता अन्तरगत बुधबार पटिहानी फुटबल क्लबका विरुद्ध अभिषेक चर्च रजहरबीच पहिलो सेमि फाइनल खेल हुने आयोजकले जनाएको छ ।
नवलपुर, चितवन र पश्चिम नवलपरासीका १५ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले ८१ हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि सेमिफाइनल पुग्ने दुई टिमले २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको फारम खेलकुद विकास समितिका अध्यक्ष प्रकाश हमालले जानकारी दिए ।