देवचुली । देवचुली नगरपालिकामा संचालित चौथो देवचुली मेयर कप फुटबल प्रतियोगितामा सोमबार भएको खेलमा अभिषेक चर्च रजहर विजयी भएको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली माविको खेलमैदान देवचुली १७ मा सोमबार अभिषेक चर्च रजहरका विरुद्ध भैरव स्पोर्ट्सबीच भएको खेलमा अभिषेक चर्च रजहर विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको हो ।
अभिषेक चर्च रजहरले भैरव स्पोर्ट्सलाई ५-२ गोल अन्तरले हराएको हो । सोमबार भएको खेलमा अभिषेक चर्च रजहरका कृष्ट म्यान अफ दि म्याच भएका थिए । प्रतियोगिता अन्तरगत मंगलबार देवचुली १ खेलकुद विकास समितिका विरुद्ध गैंडाकोट फुटबल क्लबबीच क्वाटर फाइनल खेल हुने आयोजकले जनाएको छ ।
नवलपुर, चितवन र पश्चिम नवलपरासीका १५ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले ८१ हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि सेमिफाइनल पुग्ने दुई टिमले २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको फारम खेलकुद विकास समितिका अध्यक्ष प्रकाश हमालले जानकारी दिए ।