देवचुली । देवचुली नगरपालिकामा संचालित चौथो देवचुली मेयर कप फुटबल प्रतियोगितामा आइतबार भएको खेलमा प्रगतिकला मन्दिर युवा क्लब विजयी भएको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली माविको खेलमैदान देवचुली १७ मा आइतबार प्रगतिकला मन्दिर युवा क्लबका विरुद्ध दुम्कीबास डिवाईडिएबीच भएको खेलमा प्रगतिकला मन्दिर युवा क्लब विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको हो ।
प्रगतिकला मन्दिर युवा क्लबले दुम्कीबास डिवाईडिएलाई १-० गोल अन्तरले हराएको हो । आइतबार भएको खेलमा प्रगतिकला मन्दिर युवा क्लबका सुशान्त गुरुङ म्यान अफ दि म्याच भएका थिए । प्रतियोगिता अन्तरगत सोमबार अभिषेक चर्च रजहरका विरुद्ध भैरव स्पोर्ट्सबीच क्वाटर फाइनल खेल हुने आयोजकले जनाएको छ ।
नवलपुर, चितवन र पश्चिम नवलपरासीका १५ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले ८१ हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि सेमिफाइनल पुग्ने दुई टिमले २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको फारम खेलकुद विकास समितिका अध्यक्ष प्रकाश हमालले जानकारी दिए ।