आज:  २०८१ चैत्र २७, बुधबार | Wed, 09, Apr, 2025 Search
FLASH NEWS

मगर एकता दिवसको अवसरमा बिहीबार देवचुली १० मा श्याम राना र प्रीति आले मगर आउने

    प्रकाशित २०८१ फागुन १४, बुधबार (१ महिना अघि)


देवचुली । ४३ औं मगर एकता दिवसको अवसरमा आयोजित १० औं विविध सांस्कृतिक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक श्याम राना मगर र प्रीति आले मगर आउने भएका छन् । पृथ्वी मगर समाजको आयोजनामा देवचुली १० पृथ्वीनगरमा रहेको खेलमैदानमा बिहीबार खेलकुद सहित सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारसहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने जनाइएको छ ।

बिहीबार हुने कार्यक्रमको सम्पुर्ण तयारी सम्पन्न गरिएको आयोजक पृथ्वी मगर समाजका अध्यक्ष भुवन सिं आलेले बताउनुभयो । आलेका अनुसार अनुसार फागुन १५ गते राष्ट्रिय लोक गायक श्याम राना,लोक गायिका प्रीति आले लगायत स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहनेछ भने कौरा, नाचन ( मारुनी) को विशेष प्रस्तुति रहने छ । भलिबल पुरुष तर्फ रतवलका विरुद्ध जिएम समाजबीच फाइनल खेल हुनेछ भने सेपाकताक्रोको मैत्रीपुर्ण खेल समेत हुने उहाँले बताउनुभयो ।

कार्यक्रम स्थलमा बाल उद्यान, विभिन्न जातीय परिकारका स्टलहरु रहने पृथ्वी मगर समाजका सचिव गनबहादुर रानाले बताउनुभयो । कार्यक्रममा १० हजार भन्दा बढीको उपस्थिति रहने आयोजकले आकलन गरेको छ ।

Write your Comment