आज:  २०८१ फागुन ९, शुक्रबार | Fri, 21, Feb, 2025 Search
FLASH NEWS

प्रथम देवचुली नगर स्तरीय खुल्ला कराँते प्रतियोगिताको उपाधि सकलादेवी माविलाई

    प्रकाशित २०८१ फागुन ७, बुधबार (१ दिन अघि)


देवचुली । देवचुली ५ मा संचालित प्रथम देवचुली नगर स्तरीय खुल्ला कराँते प्रतियोगितामा सकलादेवी माध्यमिक विद्यालय प्रथम भएको छ । सकलादेवी माध्यमिक विद्यालयको आयोजना देवचुली नगरपालिका, देवचुली नगरपालिका वडा नम्बर ५, नगर युवा तथा खेलकुद विकास समिति र युवा तथा खेलकुद विकास समिति देवचुली ५ को समन्वय साथै नेपाल कराँते महासंघ तथा सितेरियो कराँते संघ देवचुलीको व्यवस्थापनमा भएको प्रतियोगितामा प्रथम हुँदै सकलादेवी माविले उपाधी जित्म सफल भएको हो ।

नगरका ८ वटा विद्यालयमा रहेका कराँते डोजाङ्का ३०० जना खेलाडी सहभागी प्रतियोगितामा सकलादेवी माविले १३ स्वर्ण, ९ रजत र १४ कास्य पदक प्राप्त गरि प्रथम भएको हो । त्यसै गरि प्रतियोगितामा भीमसेन आदर्श माध्यमिक विद्यालयले ८ स्वर्ण, ११ रजत र १२ कास्य पदक प्राप्त गरि दोस्रो भएको छ भने दिव्य एकेडेमीले ४ स्वर्ण, ५ रजत र ६ कास्य पदक सहित तेस्रो भएको छ । प्रतियोगितामा भृकुटी इङ्लिस बोडिङ्ग स्कुलले ३ स्वर्ण, ३ रजत र ६ कास्य पदक, पाठशाला मन्टेश्वरीले १ स्वर्ण, २ रजत र ४ कास्य पदक, धारापानी डोजोले १स्वर्ण र १ कास्य पदक साथै दिव्यज्योती आधारभूत विद्यालयले २ कास्य पदक प्राप्त गर्न सफल भएका थिए ।

सकलादेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ पोख्रेलको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली ५ का वडा अध्यक्ष कृष्णप्रसाद सापकोटा, नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष दिपकचन्द्र भट्टराई, देवचुली ५ का पुर्व वडा अध्यक्ष शिव सापकोटा, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, कराँतेका प्रशिक्षक, खेलाडीहरुको उपस्थिति रहेको थियो । प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

Write your Comment