आज:  २०८१ फागुन ७, बुधबार | Wed, 19, Feb, 2025 Search
FLASH NEWS

टिपरमा मोटरसाइकल ठोक्किँदा देवचुलीका महतोको मृत्यु

    प्रकाशित २०८१ फागुन ४, आईतबार (३ दिन अघि)


नवलपुर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोतीमा आज भएको दुर्घटनामा एक युवाको मृत्यु भएको छ । कावासोती नगरपालिका-८ खरकट्टा जङ्गलमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा देवचुली नगरपालिका–१६ का २९ वर्षीय केशव महतोको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी निरीक्षक सुशील घिमिरेका अनुसार जङ्गलमा बिग्रिएर रोकिराखेको लु २ ख ४१६६ नम्बरको टिपरमा ना ३८प १२७५ नम्बरको मोटरसाइकल ठोक्किएको हो । गम्भीर घाइते महतोलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Write your Comment