कावासोती । नवलपुरको कावासोती नगरपालिका वडा नं. १३ स्थित प्रगतिशील युवा क्लबले स्थानीय समस्यालाई लिएर वडा कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको छ। क्लबका अध्यक्ष समिर लामिछानेको नेतृत्वमा गएको टोलीले वडाध्यक्षलाई ध्यानाकर्षण गराउँदै समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको हो।
ध्यानाकर्षणपत्रमा वडा नं. १३ अन्तर्गत पर्ने सृजना चाेकदेखि देविस्थान सम्मकाे बासिन्दाहरूले भोगिरहेको समस्या उठाइएको छ। यस अवसरमा अध्यक्ष लामिछानेले भने, “स्थानीय समस्याहरूलाई तत्काल सम्बोधन गर्न वडा कार्यालयले पहल नगरे जनस्तरबाट दबाबमूलक कार्यक्रम ल्याउन बाध्य हुने स्थिति आउन सक्छ। क्लबले हरेक नागरिकको अधिकार र समस्याका लागि सधैं अग्रसरता लिनेछ।”
कार्यवाहक वडाध्यक्षले ध्यानाकर्षणपत्र ग्रहण गर्दै समस्या समाधानका लागि तत्काल आवश्यक कदम चालिने आश्वासन दिएका छन्।