आज:  २०८१ फागुन ७, बुधबार | Wed, 19, Feb, 2025 Search
FLASH NEWS

सकलादेवी माविद्वारा अक्षयकोष दाताहरुलाई सम्मान

    प्रकाशित २०८१ माघ २९, मंगलबार (१ हफ्ता अघि)


देवचुली । देवचुली ५ मा रहेको सकलादेवी माध्यमिक विद्यालयले अक्षयकोष दाताहरुलाई सम्मान गरेको छ । सोमबार विद्यालयमा कार्यक्रम गरि ६ जना नयाँ अक्षयकोष दाताहरुलाई सम्मान गरिएको हो ।

सकलादेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ पोख्रेलको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।

विद्यालयमा प्रदिपराज घिमिरेद्वारा २ लाख ५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष, कृष्णप्रसाद सापकोटाद्वारा १ लाख ११ हजार १ सय १ रुपैयाँको अक्षयकोष, गमबहादुर सारु/ नन्दमाया सारुद्वारा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष, छविलाल आचार्यद्वारा ५१ हजार १ सय ११ रुपैयाँको अक्षयकोष, जगमाया भट्टराईद्वारा ५१ हजार १ सय २१ रुपैयाँको अक्षयकोष, टीकाराम देवकोटाद्वारा ३७ हजार ८ सय ८९ रुपैयाँ हरि गौरा अन्जना स्मृति अक्षयकोषमा थप, भिमबहादुर बिकद्वारा २० हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मी सिवाकोटी जानकारी दिनुभयो ।

अक्षयकोष दाताहरुलाई नगर प्रमुखद्वारा दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरि सम्मान गर्नुभएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानेले सामुदायिक विद्यालयमा समुदायको सहयोग आवश्यक रहेको बताउँदै अक्षयकोष दाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Write your Comment