आज:  २०८१ फागुन ७, बुधबार | Wed, 19, Feb, 2025 Search
FLASH NEWS

देवचुलीमा फागुन १२ गतेदेखि पाँचौं देवचुली महोत्सव हुने

    प्रकाशित २०८१ माघ २९, मंगलबार (१ हफ्ता अघि)


देवचुली । उद्योग वाणिज्य संघ देवचुलीको आयोजनामा ५ औं देवचुली महोत्सव फागुन १२ गतेदेखि २५ गतेसम्म देवचुलीकाे दलदलेमा सञ्चालन हुने भएको छ। स्थानीय उत्पादन, व्यापारिक गतिविधि, पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण तथा मनोरञ्जनलाई प्राथमिकतामा राखी महोत्सव आयोजना गर्न लागिएको उद्योग वाणिज्य संघ देवचुलीले जनाएको छ।

आज दलदलेस्थित उद्योग वाणिज्य संघको कार्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा संघका संस्थापक अध्यक्ष धर्मदत्त बस्यालले महोत्सवका बारे जानकारी गराउँदै स्थानीय उत्पादन तथा सेवाहरू प्रवर्द्धन गर्ने, व्यवसायीलाई व्यवसाय विस्तारका लागि अवसर प्रदान गर्ने र आन्तरिक तथा बाह्य पर्यटकलाई देवचुली क्षेत्रको विशेषता बुझाउने मुख्य लक्ष्य रहेको  बताए ।

देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सुर्यप्रसाद दवाडीका अनुसार व्यापारिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ गरि १५० वटा स्टल रहने छन । महोत्सवमा स्थानीय उत्पादन प्रदर्शनी, व्यापारिक स्टल, कृषि मेला, बालउद्यान, खेलकुद प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम लगायतका विशेष आकर्षण रहनेछन्। महोत्सवबाट करिब १५ करोड रुपैयाँ बराबरको व्यापारिक कारोबार हुने र १ लाख ५० हजार दर्शकले मेलामा प्रत्यक्ष अवलाेकन गर्ने अनुमान उद्योग वाणिज्य संघकाे छ ।

महाेत्सवमा बालमैत्री सामग्री प्रदर्शन, संग्रहालय प्रदर्शनी, विज्ञान कला र प्रदर्शनी, जातिय पहिचान,  झल्कने घर सामग्री प्रदर्शनी, हस्तकला प्रदर्शनी, लगाएतका आकर्षणहरू रहने देवचुली उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रेशम सापकाेटाले बताए ।

महोत्सवलाई सफल बनाउन स्थानीय सरकार, विभिन्न संघसंस्था, व्यवसायी तथा स्थानीय समुदायसँग सहकार्य भइरहेको पुर्व वरिष्ठ उपाध्यक्ष सत्यनारायण भुसालले बताए । महोत्सवले व्यापार, पर्यटन र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास लिएकाे उद्योग वाणिज्य संघ देवचुलीका महासचिव विनाेद सिलवालले बताए ।

Write your Comment