आज:  २०८१ फागुन ७, बुधबार | Wed, 19, Feb, 2025 Search
FLASH NEWS

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि व्यक्ति स्वयम् जागरुक हुनुपर्छ : सरोकारवाला

    प्रकाशित २०८१ माघ २७, आईतबार (१ हफ्ता अघि)


चोरमारा । जलवायु परिवर्तनको असर न्यूनीकरणको लागि व्यक्ति स्वयम् पनि जागरुक हुनुपर्ने मध्यबिन्दुका सरोकारवालाले बताएका छन् । मध्यविन्दुमा जलवायु र सामाजिक अभियानका लागी युवा- युवा नागरिक समाजको सशक्तीकरण सम्बन्धि कार्यक्रमको बारेमा भएको छलफलमा सो कुरा बताएका हुन् । कार्यक्रम अन्तर्गत सञ्चालन हुने जलवायु परिवर्तन सुशासन सामाजिक उत्तरदायित्व र युवाको सहभागिता बढाउन गरिने कार्यक्रम बारे नगरका सरोकारवालाहरुलाई जानकारी गराइएको हो ।

जागृति बाल तथा युवा सरोकार नेपालले ब्रीटिश काउन्सिल नेपालको सहयोगमा मध्यबिन्दुमा कार्यक्रम गर्न लागेको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले जानकारी दिनुभयो । कार्यक्रमले युवाहरुको नगरले निर्माण गर्ने निति निर्माणमा सहभागिता बढाउने, जलवायु उत्थानशीलतालाई सशक्त बनाउने, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण सुनिश्चित गर्ने लगाएतका उद्देश्य सहित परियोजना सञ्चालन हुन लागेको उहाँले बताउनुभएको थियो ।

कार्यक्रममा जलवायु परिवर्तन र यसको न्यूनीकरण र रोकथामका युवाको सहभागिताको महत्वबारे समेत छलफल गरिएको थियो ।
कार्यक्रममा मध्यविन्दु ३ का वडा अध्यक्ष एवम् विधायन समिति सदस्य मानबहादुर महतोले नगरले निर्माण गर्ने नितिहरु युवामैत्री निर्माण गर्ने र भएका नितिहरुको समेत अध्ययन गरि परिमार्जन गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

मध्यविन्दु ६ का वडा अध्यक्ष एवम वन, वातावरण तथा विपद व्यवस्थापन समितिका सदस्य लाभप्रसाद पाठकले नगरपालिका आफैंमा ठूलो र धेरै कामहरु गर्नुपर्ने र वन, वातावरण तथा विपदको अझै समस्या रहेकोले व्यक्ति व्यक्ति सचेत गराई स्थानीय तहले गर्नुपर्ने काममा नेतृत्व लियर गर्ने बताउनुभएको थियो । ज्ञानोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम पाण्डेले विद्यालयबाट नै जलवायु परिवर्तन र यसको सचेतना गराउन सकिएमा राम्रो हुने र कार्यक्रममा सहभागी युवाहरुलाई जलवायु दुतको रूपमा अगाडी लैजान सकिने हो भने सामाजिक रुपान्तरण सम्भव रहेको बताउनुभएको थियो । नगर युवा सञ्जालका अध्यक्ष प्रकाश रेग्मीले सवैले युवाहरुलाई केन्द्रमा राखी काम गर्नुपर्ने र यसको नेतृत्व लिन संजाल नेतृत्व लिन अग्रसर रहने बताउँदै आआफ्नो संस्थाबाट जलवायु परिवर्तनका कारक तत्वहरु कम गर्ने कार्यमा जुटनुपर्ने बताउनुभयो ।

कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि नगर प्रमुख भिमलाल अधिकारीले नगरपालिका वातावरण संरक्षण र जलवायु परिवर्तनका असर र न्यूनीकरणका विषयमा सकारात्मक भएको जनाउँदै सबै मिलेर अघि बढे जलवायु परिवर्तनको असर न्यूनीकरण र रोक्न सकिने बताउनुभयो । उहाँले जागृती बाल तथा युवा सरोकार नेपालले पालिकालाई किशोरी सशक्तिकरण , बालबालिकाको लागि क्षमता विकास लगायत बाढी पहिरोको समयमा समेत सहयोग गरेको र यसै गरि पालिकासँग समन्वय र सहकार्य गरिरहन समेत अनुरोध गर्नुभयो । उहाँले साना साना कार्यहरु घरबाट नै गर्न सकिने हुँदा प्लास्टिकका वस्तुको कम प्रयोग गर्ने, रुख बिरुवा र फुल रोप्ने र संरक्षण गर्ने, फोहोरलाई व्यवस्थित गर्ने नेतृत्व लिनुपर्ने बताउनुभयो ।

कार्यक्रम सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर १३ का वडा अध्यक्ष अर्जुन पंगेनीको अध्यक्षतामा भएको थियो ।कार्यक्रम लगतै भएको कार्यपालिका बैठकले मध्यविन्दु नगरपालिकाको कार्यालय तथा वडा कार्यालयमा प्लाष्टिकका सामाग्री प्रयोग नगर्ने निर्णय गरेको नगर प्रमुख अधिकारीले जानकारी दिनुभएको थियो ।

मध्यविन्दु नगरपालिका भित्र यहि फागुन १ गते बाट प्लास्टिकका बस्तुहरु प्रयोगमा नल्याउने निर्णय गरिएको छ । आइतवार बसेको कार्यपालिका बैठकले नगरपालिकाको कार्यलय तथा वडा कार्यालयमा प्लास्टिकका सामाग्री प्रयोग नगर्ने निणय गरेको नगर प्रमुख भिमलाल अधिकारीले जानकारी दिनुभयो ।

पालिकाले वातावरण संरक्षणलाई महत्वपुर्ण योजनाको रुपमा अघि बढाएको त्यसैले कार्यालय भित्र प्लास्टिकका बोतल, झोला प्रयोग नगरिने उहाँले बताउनुभयो । अब यसको बैकल्पिक प्रयोगको रूपमा माटो तथा सिसाका बोतल प्रयोगमा ल्याइने, कपडाको झोला प्रयोग गर्ने योजना रहेको तथा थप बिकल्पका बिषयहरु खोज्ने उहाँले बताउनुभयो । मध्यविन्दु नगरपालिकाले फोहरमैला व्यवस्थापन तथा जैविक मल उत्पादनलाई पनि जोड दिएको र जागृति बाल तथा युवा सरोकार नेपालले ब्रीटिश काउन्सिल नेपालको सहयोग र मध्यविन्दु नगरपालिकाको समन्वयमा भोलिबाट हुन लागेको कार्यक्रमले युवाहरुको सहभागिता बढाउने उहाँले आशा बिश्वास गर्नुभएको थियो ।

जागृति बाल तथा युवा सरोकार नेपालले नगरपालिका भित्र ३ बर्षको लागि किशोरी सशक्तीकरण सन्चालन गरिरहेको र असोज महिनामा गयको बाढिको समयमा समेत सहयोग गरेकोमा र हाल युवाहरुको क्षमता बिकासको लागि जलवायु परिबर्तन र यसको रोकथाम र न्युनिकरणमा समेत सहयोग गरेकोमा संस्था प्रति अधिकारीले धन्यवाद व्यक्त गर्नुभयो।

Write your Comment