नवलपुर । प्रेस चौतारी नेपाल नवलपुरको अधिवेशन यही माघ २८ गते हुने भएको छ। जिल्लाको सातौं अधिवेशन तथा दशौँ साधारण सभा यही माघ २८ गते कावासाेती नगरपालिका -३, मा रहेको मदन भण्डारी स्मृति सभा हलमा हुने प्रेस चौतारी नेपाल नवलपुरका अध्यक्ष शालिकराम कोइरालाले बताउनुभयो।
विभिन्न उपसमितिहरू तयार पारेर अधिवेशनकाे तयारीमा जुटिएको अध्यक्ष कोइरालाले बताउनुभयाे । अधिवेशनमा प्रेस चौतारी नेपालको केन्द्र, प्रदेशबाट प्रतिनिधिहरूको उपस्थिति रहनेछ। यसका लागि पत्रचार गरिएको समेत उहाँले बताउनुभएको छ।
यसैगरी जिल्लाका विभिन्न तहका नेताहरूको समेत उपस्थित रहने उहाँले बताउनुभएको छ। माघ २८ गते हुने अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने अध्यक्ष कोइरालाले बताउनुभएको छ।