देवचुली । देवचुलीमा गैंडाको आक्रमणबाट एकजना घाइते भएका छन् । देवचुली नगरपालिका वडा नम्बर १ मिलनचोक बस्ने ३३ वर्षीय कुमारी आलेलाई गैंडाले आक्रमणबाट गर्दा घाइते भएकी हुन् । बुधबार दिउँसो घर नजिकै रहेको मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएको बेलामा गैँडाले अचानक आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
गैँडाको आक्रमणबाट आलेको दुवै खुट्टा र दाहिने हातमा चोट लागेको प्रहरीले बताएको छ। घाइते आलेकाे भरतपुर अस्पतालमा उपचार हुँदैछ।