आज:  २०८१ माघ १८, शुक्रबार | Fri, 31, Jan, 2025 Search
FLASH NEWS

राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरको दसौँ अधिवेशन भोली हुँदै

    प्रकाशित २०८१ माघ १८, शुक्रबार (७ घण्टा अघि)


नवलपुर । राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरको दसौँ अधिवेशन भोली गैँडाकोटमा हुँदैछ । गैँडाकोट नगरपालिका- २ मा रहेको श्रीराम पार्टी प्यालेसमा भोली जिल्लाको दसौँ अधिवेशन हुने राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरका अध्यक्ष कृष्ण कँडेलले बताउनुभयो । अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष कँडेलले बताउनुभयो । विभिन्न उप समितिहरू निर्माण गरी अधिवेशनको तयारी थालिएकोमा सबै तयारी पुरा भएको उहाँले बताउनुभयो । तयारीमा खटिने उप समितिका सबैमा उहाँले धन्यवाद समेत दिनुभयो ।

अधिवेशनमा नवलपुर जिल्ला आयोजक कमिटीबाट एक सय १ जना र जिल्लाका ८ वटा पालिकाबाट एक सय २७ जना २ सय २८ जना प्रतिनिधिले भाग लिने राष्ट्रिय युवा संघ नवलपुरका सचिवालय सदस्य प्रविन सापकाेटाले बताउनुभयो ।

अधिवेशनको भोली राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेबेको प्रमुख आतिथ्यतामा अधिवेशनको कार्यक्रम हुने राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय सचिवालय सदस्य मदन गिरीले बताउनुभयो । केन्द्रीय अध्यक्ष सहित विभिन्न नेताहरूको उपस्थितिमा अधिवेशन सञ्चालन हुने उहाँले बताउनुभयो ।

पछिल्लो समयमा देखिएको राजनीतिक अवस्था खागसरि युवाहरूको राजनीतिप्रति विकर्षण हुँदै गइरहेको अवस्थामा युवाहरू राजनीतिमा किन जोडिने , युवाहरू जोडिएर समाजमा कसरी सकारात्मक परिवर्तन गर्न सकिन्छ , समाजमा युवाहरूलाई कसरी स्थापित गर्न सकिन्छ ,राष्ट्रिय युवा सङ्घ नेपालबाट समाजमा कस्ता खालका गतिविधिहरू गर्न सकिन्छ भन्ने विषयमा समेत भोली हुने अधिवेशनले सकारात्मक सन्देश दिने केन्द्रीय सचिवालय सदस्य गिरीले बताउनुभयो ।

Write your Comment