कावासोती । नवलपुर जिल्लाको सदरमुकाममा रहेको नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ २५ गते देखि फागुन १० गते सम्म कावासोति–१६, डण्डामा हुने आठौं नवलपुर महोत्सव २०८१को तयारी अन्तरगत बिहिबार नवलपुर जिल्लाभित्र रहेका वस्तुगत संघहरुसँग छलफल सम्पन्न गरेको छ ।
महोत्सव भित्र रहने स्टलहरुमा जिल्ला भित्रका वस्तुहरुको बजारीकरण कसरी गर्न सकिन्छ भन्ने उदेश्यका साथ वस्तुगत संघहरु सँग छलफल गरिएको आठौं नवलपुर महोत्सवका प्रवक्ता सागर पोख्रेलले जानकारी दिनुभयो । आठौं नवलपुर महोत्सव मुल आयोजक समिति संयोजक बैकुण्ठप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न छलफलले नवलपुरको गौरव र पहिचान भएकोले छलफलमा सहभागी वस्तुगत संघका प्रतिनिधिहरुले जिल्ला भित्र रहेका वस्तुगत समितिहरुले व्यावसाय प्रवर्द्धनका लागि वस्तुगत रुपमा स्टल राख्ने र महोत्सवमा जिल्ला भित्रका सबै वस्तुगत समितिहरुलाई सहभागिता बनाउने प्रतिबद्धता जनाएको प्रवक्ता पोख्रेलले जानकारी दिनुभयो ।
आठौं नवलपुर महोत्सव वस्तुगत परिचालन उप समितिका संयोजक शिव पोख्रेलले जिल्लाका वस्तुगतहरुले उत्साहका साथ महोत्सव सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो ।आठौं नवलपुर महोत्सव अन्तरगत शुक्रबार विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुबीच छलफल कार्यक्रम आयोजना गरिएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ २५ गतेदेखि फागुन १० गतेसम्म कावासोति–१६, अंकुर सामुदायिक वनको खेल मैदान डण्डामा आठौं नवलपुर महोत्सव आयोजना गरेको छ ।