आज:  २०८१ माघ १७, बिहिबार | Thu, 30, Jan, 2025 Search
FLASH NEWS

पार्टी नेतृत्व र सरकारका नमूना याेग्य काम जनताकाे बीचमा लैजाऔं : युवा नेता गिरी

    प्रकाशित २०८१ माघ १७, बिहिबार (८ घण्टा अघि)


बुलिङटार । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सदस्य एवम् युवा नेता विद्रोही गिरीले पार्टी नेतृत्व र सरकारले गरेका नमूना याेग्य कामलाई जनताका बीचमा लैजाने दायित्व कार्यकर्ताकाे भएकाे बताउनु भएकाे छ । नेकपा ( एमाले) बुलिङटार गाउँपालिका वडा नं ३ काे वडा कमिटीकाे बिस्तारित बैठकमा बाेल्दै उहाँले उक्त कुरा बताउनु भएकाे हाे ।

कार्यकर्ताले पार्टीमा छु भै हाल्छ भन्ने हाेइन पार्टी नीति र कार्यक्रम नागरिककाे बीचमा लिएर जाने दायित्व छ भन्ने कुरा भुल्न हुदैन उहाँले भन्नुभयाे-“समय गतिशिल छ त्यसलाइ पक्रेर टाेल टाेलमा जागरण ल्याउनुहाेस् समुदायकाे लिड गर्नुहाेस् ।” बैठकले फागुन १० देखि १९ गतेसम्म सबै टाेल कमिटिहरूकाे अधिवेशन सम्पन्न गर्ने, नविकरणकाे कामलाई तिव्रता दिने निर्णय लगाएतका पाँच वटा निर्णय गरेकाे छ ।

गण्डकी प्रदेश कमिटी सदस्य विद्रोही गिरीकाे प्रमुख आतिथ्यता तथा वडाकमिटि अध्यक्ष बिष्णुबहादुर कुमालकाे अध्यक्षतामा भएकाे बैठकमा प्रदेश सल्लाहकार टंकनाथ गिरी, जिल्ला सचिवालय सदस्य कृष्णबहादुर नेपाली, पालिका कमिटी अध्यक्ष मनवीर पुलामी, पालिका लेखा कमिटीका संयाेजक गाेपालप्रसाद भण्डारी लगायतकाे आतिथ्यतामा भएकाे थियाे । बैठक वडा कमिटी सचिव सन्ताेषराज नन्दले सञ्चालन गर्नुभएकाे थियाे ।

Write your Comment