आज:  २०८१ माघ १४, सोमबार | Mon, 27, Jan, 2025 Search
FLASH NEWS

दोस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगिता: आइतबार देवचुली १६ र देवचुली १७ विजयी

    प्रकाशित २०८१ माघ १३, आईतबार (१ दिन अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित दोस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगितामा आइतबार देवचुली १६ र देवचुली १७ विजयी भएका छन् । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा माघ २ गतेबाट देवचुली १० मा रहेको रोयल क्रिकेट एकेडेमीको खेलमैदानमा प्रतियोगिताको संचालन गरिएको हो ।

प्रतियोगितामा आइतबार देवचुली १२ का विरुद्ध देवचुली १६ बिचको पहिलो खेलमा देवचुली १६ ले ५ विकेटको जित निकालेको छ । पहिले ब्याटिङ गरेको देवचुली १२ ले स्वागत पाण्डेको १७ रन र विश्वास थापाको १४ रनको मदतले १८.५ ओभरमा १० विकेट गुमाउँदै ८२ रन बनाएको थियो । बलिङ तर्फ देवचुली १६ का सगुन सापकोटाले ३ विकेट र विजय सिग्देलले २ विकेट लिएका थिए ।

८३ रनको विजयी लक्ष्य लिएर मैदान छिरेको देवचुलीले १६ ले १७.४ ओभरमा ५ विकेट गुमाउँदै ८३ रन बनाउँदै ५ विकेटको जित निकालेको हो । देवचुली १६ का विजय सिग्देलले नटआउट ३२ रन र कुनाल बस्नेतले २४ रन बनाएका थिए। बलिङ तर्फ देवचुली १२ का स्वागत पाण्डेले २ विकेट र शैलेश काफ्लेले १ विकेट लिएका थिए । प्रतियोगितामा देवचुली १६ का विजय सिग्देल म्यान अफ दि म्याच भएका थिए।

त्यसै गरि प्रतियोगिता अन्तरगत आइतबार देवचुली १० का विरुद्ध देवचुली १७ बीचको खेलमा देवचुली १७ ले ५ रनको जित निकालेको छ । पहिले ब्याटिङ गरेको देवचुली १७ ले शिशिर लामिछानेको ४४ रन र विज्ञानराज गौतमको ३४ रनको मदतले २० ओभरमा १० विकेट गुमाउँदै १२५ रन बनाएको थियो । बलिङ्तर्फ देवचुली १० का प्रकाश काफ्ले र सोनु रेग्मीले ३/३ विकेट लिएका थिए ।

१२६ रनको विजयी लक्ष्य लिएर मैदानमा प्रवेश गरेको देवचुली १० ले २० ओभरमा ७ विकेट गुमाई १२० रन बनाउँदै ५ रनको हार भएको थियो । देवचुली १० का समीर श्रेष्ठले ४० रन र सगुन सापकोटाले १७ रन बनाएका थिए । बलिङतर्फ देवचुली १७ का सरोज पौडेलले ३ विकेट र सन्तोष पौडेलले २ विकेट लिएका थिए । प्रतियोगितामा देवचुली १७ का शिशिर लामिछाने म्यान अफ दि म्याच भएका थिए ।

नगरका १३ वडाबाट सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यसै गरि सेमिफाइनलमा पुग्ने टिमले ६ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तरगत सोमबार देवचुली १२ का विरुद्ध देवचुली १५ बिच पहिलो खेल र देवचुली १० का विरुद्ध देवचुली १३ बिच दोस्रो खेल हुने आयोजकले जानकारी दिए ।

Write your Comment