आज:  २०८१ माघ १४, सोमबार | Mon, 27, Jan, 2025 Search
FLASH NEWS

देवचुलीका २ हजार ७ सय ६० जना किशोरीहरुलाई एचपीभी खोप लगाईने

    प्रकाशित २०८१ माघ १३, आईतबार (१ दिन अघि)


देवचुली । देवचुलीका २ हजार ७ सय ६० जना किशोरीहरुलाई पाठेघरको क्यान्सर विरुद्धको (एचपीभी) खोप लगाईने भएको छ ।देशव्यापी अभियान अन्तरगत देवचुलीमा यहि माघ २२ गतेदेखि खोप लगाईने देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो ।

देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा भएको पाठेघरको क्यान्सर विरुद्धको (एचपीभी) खोप सम्बन्धि अभिमुखीकरणमा स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले एचपिभी खोपको उपयोगिता र नेपालमा महिलाको पाठेघरको मुखको क्यान्सर रोगको स्थिति, चुनौतीका बारेमा जानकारी गराउनुभएको थियो।

पाठेघरको क्यान्सर विरुद्धको खोप विद्यालय अध्ययनरत कक्षा ६ देखि १० सम्मका सबै छात्राहरु र विद्यालय बाहिरका १० बर्ष उमेर देखि १४ बर्ष उमेर सम्मका सबै छात्राहरुलाई खोप लगाईने छ । देवचुली नगरपालिकाका विद्यालय र स्वास्थ्य संस्था गरी कुल ४० खोप केन्द्र मार्फत अभियान सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा खोपका लागि आवश्यक पुर्व तयारी बारेमा खोप फोकल पर्सन पिताम्बर भुर्तेल जानकारी गराउनुभएको थियो ।अभिमुखीकरण कार्यक्रममा नगरपालिकास्तरीय खोप समन्वय समितिका पदाधिकारीहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो।

Write your Comment