आज:  २०८१ माघ ३, बिहिबार | Thu, 16, Jan, 2025 Search
FLASH NEWS

बुलिङटारमा टेलिकमको टावर निर्माण गर्न सञ्चारमन्त्री गुरुङलाई ध्यानाकर्षण

    प्रकाशित २०८१ माघ ३, बिहिबार (४ घण्टा अघि)


देवचुली । नवलपुरको पहाडी भेग बुलिङटारमा टेलिफोन टावर निर्माणका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । नेकपा ( एमाले) गण्डकी प्रदेश कमिटी सदस्य एवम् युवा नेता विद्रोही गिरी नेतृत्वको टोलीले सञ्चार मन्त्री गुरुङलाई भेटी बुलिङटार गाउँपालिकाको वडा नं. ४ को बोझापोखरी र बुलिङटार गाउँपालिका वडा नंं १ को लामटार डाँडामा नयाँ टावर निर्माण र बुलिङटार गाउँपालिका वडा नंं ३ मा रहेको नेपाल टेलिकमको टावरको क्षमता वृद्धिका लागि मन्त्रीलाई ध्यानाकर्षण गराएको युवा नेता गिरीले जानकारी दिनुभयो ।

कालीगण्डकी कोरिडोर ( गैंडाकोट– बुलिङटार –रामपुर) खण्डमा यात्रा गर्ने यात्रु देखि स्थानीय बासिन्दाले मोबाइलमा कुरा गर्न नेटवर्कमा समस्या देखिएकाले दुई ठाउँमा नयाँ टावर तथा बुलिङटार–३ मा रहेको टावरको क्षमता बढाउन आवश्यक देखिएको हो । सञ्चारको युगमा समेत मोबाइलको टावर टिपाउन अग्लो डाँडा खोज्दै हिड्नुपर्ने बाध्यता भएकाले मन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने काम भएको हो । जतिसक्दो चाँडो नयाँ टावर र क्षमता वृद्धि गरी सञ्चालनमा ल्याउन नेपाल टेलिकमलाई निर्देशन दिने मन्त्री गुरुङले जानकारी दिनुभयो ।

तस्बिर : बुलिङटारमा टेलिफोन टावर निर्माणको माग गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण पत्र बुझाउदै युवा नेता विद्रोही गिरी

Write your Comment