आज:  २०८२ बैशाख १७, बुधबार | Wed, 30, Apr, 2025 Search
FLASH NEWS

देवघाटको झोलुङ्गे पुलबाट हामफालेर एकजना बेपत्ता

    प्रकाशित २०८१ माघ १, मंगलबार (३ महिना अघि)


चितवन । माघे सङ्क्रान्तिका अवसरमा देवघाटमा नुहाउन गएका एक जना झोलुङ्गे पुलबाट हामफालेर बेपत्ता भएका छन्। चितवन प्रहरीका अनुसार लमजुङको बेसीशहर-३ गाउँसहर घर भएका ४१ वर्षीय मदन परियार बेपत्ता भएका हुन्।

उनका काका चितवन भरतपुर-२ बस्ने सुक बहादुर परियारले मदनको कपडा र मोबाइल हेरी पहिचान गरेका थिए। परियारको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

Write your Comment