आज:  २०८१ पौष २४, बुधबार | Wed, 08, Jan, 2025 Search
FLASH NEWS

देवचुलीमा संचालित आयुर्वेद चिकित्सकहरुका लागि प्राकृतिक चिकित्सा सम्बन्धि अभिमुखिकरण सम्पन्न

    प्रकाशित २०८१ पौष २३, मंगलबार (१ दिन अघि)


देवचुली । देवचुली १६ रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा संचालित आयुर्वेद चिकित्सकहरुका लागि प्राकृतिक चिकित्सा सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुको आयोजनामा पुस २१ गतेबाट सुरु गरिएको अभिमुखीकरणको मंगलबार समापन गरिएको हो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका उप सचिव प्रेमकाजी महर्जनको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा सामुदायिक प्राकृतिक चिकित्सालयका सचिव प्रदिपराज घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

देशका सातै प्रदेशबाट तालिममा सहभागी भएका आयुर्वेद चिकित्सकहरुलाई तीनदिनसम्म प्राकृतिक चिकित्साको सामान्य परिचय, उपयोगिता, सबल पक्ष, प्राकृतिक चिकित्सा अनुसार स्वास्थ्य तथा विकार तथा यसको प्रभावकारीताबारे अध्ययन अनुसन्धान तथा विश्लेषण, पन्चमहाभुत चिकित्सा अवधारणा तथा व्यवहारिक पक्ष, जीवनशैली व्यवस्थापन तथा नसर्ने रोगहरुको व्यवस्थापन, प्राकृतिक चिकित्साको भुमिका सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञानलगायतका विषयमा सहजीकरण गरिएको सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका व्यवस्थापक हरि सापकोटाले जानकारी दिनुभयो । तालिमकै क्रममा सामुदायिक प्राकृतिक चिकित्सालयमा गरिने उपचार पद्धतिको अवलोकन, बिरामीसँग अन्तरक्रिया लगायत उपचारमा समेत सहभागी गराईएको आयोजकले जनाएका छन् । तालिममा विभिन्न विषयमा पुनेश्वरी केशरी, आजाद पुरी, अनमोल गोड लगायतले सहजीकरण गर्नुभएको थियो।

Write your Comment