आज:  २०८१ पौष २३, मंगलबार | Tue, 07, Jan, 2025 Search
FLASH NEWS

देवचुलीमा आयुर्वेद चिकित्सकहरुका लागि प्राकृतिक चिकित्सा सम्बन्धि अभिमुखिकरण सुरु

    प्रकाशित २०८१ पौष २२, सोमबार (१ दिन अघि)


देवचुली । देवचुली १६ रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा आयुर्वेद चिकित्सकहरुका लागि प्राकृतिक चिकित्सा सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुको आयोजनामा पुस २१ गतेबाट सुरु गरिएको तालिमको मंगलबारसम्म संचालन हुनेछ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका वरिष्ठ कन्सलटेन्ट आयुर्वेदविज्ञ डा . मुनकर्ण थापाको अध्यक्षतामा समुदघाटन भएको तालिममा सामुदायिक प्राकृतिक चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।

देशका विभिन्न स्थानबाट तालिममा सहभागी भएका आयुर्वेद चिकित्सकहरुलाई तीनदिनसम्म प्राकृतिक चिकित्साको सामान्य परिचय, उपयोगिता, सबल पक्ष, प्राकृतिक चिकित्सा अनुसार स्वास्थ्य तथा विकार तथा यसको प्रभावकारीताबारे अध्ययन अनुसन्धान तथा विश्लेषण, पन्चमहाभुत चिकित्सा अवधारणा तथा व्यवहारिक पक्ष, जीवनशैली व्यवस्थापन तथा नसर्ने रोगहरुको व्यवस्थापन, प्राकृतिक चिकित्साको भुमिका सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञानलगायतका विषयमा सहजीकरण गरिने कार्य तालिकामा उल्लेख छ । तालिमकै क्रममा सामुदायिक प्राकृतिक चिकित्सालयमा गरिने उपचार पद्धतिको अवलोकन, बिरामीसँग अन्तरक्रिया लगायत उपचारमा समेत सहभागी गराउने आयोजकले जनाएका छन् । तालिममा विभिन्न विषयमा पुनेश्वरी केशरी, आजाद पुरी, अनमोल गोड लगायतले सहजीकरण गर्नेछन् ।

Write your Comment